पल्टेको ट्रक समयमै नहटाउदा दाउन्नेमा लामो जाम

0
322


परासी, २६ असोज । पुर्वी नवलपरासीको दाउन्नेमा भुस लोडेड ट्रक पल्टेपछि रातीदेखि नै गाडीहरुमा जाममा परेका छन् । विहिवार दिउसाँे २ बजे भुस लिएर पश्चिमबाट पुर्व जादै गरेको ना२ख४९०३ नम्बरको ट्रक बिनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको घिउखोलामा पल्टेपछि रातीदेखि नै सवारी साधनको बढदो चापले बाटो पुरै जाम भएको छ ।

दशंैको बेला पुर्वबाट पश्चिम यात्रा गर्ने सवारी साधनको बढदो चाप र बाटोमा गाडी विग्रीने र ओभर टेकले गर्दा पुरै बाटो कभर भई झनै जाम बढदै गएको ईलाका ट्राफिक प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार पल्टेको ट्रकलाई अनलोड गरि समयमा हटाउन सकिएन जसकारण रातीको समयमा ओहोर दोहोर हुने गाडीको क्यु बढदै गयो, त्यसैमा जाम देखेर स–साना गाडीहरुको ओभरटेक गर्न थाले र ठाउँ–ठाउँमा केहि गाडीहरु बिग्रन थालेपछि रातीदेखि नै जाम बढन थल्यो जुन अहिलेसम्म खुल्न सकेको छैन ।

जाम खुलाउन प्रहरी रातीदेखि नै ओभरटेकमा फसेको गाडीहरुलाई पालै–पालो निकाल्ने र पल्टेको ट्रक अनलोड गरि ट्रक केरान साईडमा हटाएर जाम खुलाउने प्रयासमा जुटेको जनाएको छ । पल्टेको ट्रकले मानविय क्षति भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here