महेसपुर, २६ असोज । नवलपरासीको महेसपुर बजारमा छयाप्छप्ती पटाखा बेचीरहेको पाइएको छ । पटाखाले गाउँ बस्तीमा आगो लाग्न सक्ने, ध्वनी प्रदुष्ण हुने र यसको बढि आतिस्वाजीले दुरुप्योग हुन सक्ने भन्दै प्रहरीले पटाखा आयातमा रोक लगाएपनि सिमावर्ति बजार महेसपुरमा छयाप्छप्ती पटाखा बेचीरहेको पाइएको छ ।
स्थानिय महेसपुरका केहि व्यपारीहरु भारतीय बजारबाट चोरीलुकी गरि ल्याएका विभिन्न प्रकारका पटाखा महेसपुर बजारमा विक्री वितरण गरिरहेका छन् । नजिकिदै गएको हिन्दु समुदायको महान पर्व बिजया दशंैलाई तडकभडक बनाउन बेच विखन भैरहेको पटाखा नियन्त्रणमा लिन प्रहरी–प्रशासनबाट कुनै पहल भएको पाइएको छैन ।
त्यसैबिच जिल्ला प्रशासन कार्यालयले चाँडबाडमा खेल्ने देउसी भैलो रातीको ९ बजेसम्मा मात्र खेल्न पाउने र पटाखा न पडकाउने आग्रह गरेपनि यस्तो भैरहेको पाइएको छ ।