परासी, २६ असोज । नवलपरासीको दशगजा फोहोर मैलाले अति प्रदुािषत बनेको छ । सिमामा बसेको पसले व्यपारी र स्थानिय व्यक्तिहरु घरआगन र पसलका समपुर्ण फोहोर–मैलाहरु दशगजामै फालिने गर्दा दशगजा दुर्घन्धित एवं प्रदुषित बन्न पुगेको हो । जिल्लाको मुख्य नाका महेसपुर र छोटी नाका भुजहवा, बिसुनपुरा, झुल्नीपुर लगायत क्षेत्रको दशगजामा स्थानिय बासी एवं ब्यापारीहरुको फोहोर फाल्ने डम्पीङ्ग साईड समेत बनेको छ ।
व्यपारीहरु दशगजामै माछामासु, तरकारी, फलफुल लगायत साना हाटबजार समेत संचालन गरि माछामासु भुत्लाउनेदेखि लिएर सडेकुहिएका फलफुल तरकारी दशगजामै फालेर हिडछने गर्छन् । त्यति मात्र होईन कति गाउँलेले त दशगजामै गाउँका ढलनिकास र फोहोर बिर्सजन गर्ने र दिशापिसाब समेत गर्ने गरेको पाइएको छ । प्रदुषित दशजगाको दुर्गन्धले स्थानियहरु विभिन्न रोगका सिकार त भएकै छन् उक्त बाटो भई नेपाल भारत आवत जात गर्ने यात्रुहरु समेत समस्या भोग्दै आएको गुनसो गरे ।
नेपाल भारतको सम्बेदनशिल क्षेत्र मध्ये दशगजा (सिमा) प्रमुख क्षेत्र मानिन्छ । दशगजामा फोहोर फालिदै मिचिने समेत गरेका छन् स्थानियहरु । सिमाको रेखाङ्कन प्रष्ट छदाछदै दशगजा संग जोडिएको घरका अधिकांश भारतीय एवं नेपाली व्यक्तिले दशगजामा निजी प्रयोगका लागि छाप्रो, टहरा समेत बनाई दशगजा मिचिइएको प्रष्ट हेर्न सकिन्छ ।
दशगजाको संरक्षण एवं सरसफाईमा ध्यान दिने निकाय प्रशासन यतिबेला मुखदर्शक बनी बसेको छ । दशगजा सरसफाई एवं संरक्षणका लागि प्रशासनलाई घचघचाउने समाचार पटक पटक पत्रपत्रिकामा आईरहदा पनि प्रशाशले कुनै कदम चालेको पाइएको छैन ।