पाल्हिनन्दन , २४ असाेज नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. २ हरपुरमा अवस्थित हरपुर मा० बि हरपुरमा एक दिने आत्म रक्षा तालिम सम्पन्न भएको छ । आयोन नेपालकाे अायाेजना तथा मैत्री समाज नेपाल , बाल अधिकारका लागि रास्टिय अभियान नेपाल एवम् हरपुर मा० बि ० हरपुरको सहकार्यमा आयोजना गरिएकाे हाे ।
तालिम हरपुर मा० बि० हरपुरका शिक्षक दिनेश गुप्ताको अध्यक्षता तथा मैत्री समाज नेपालका अध्यक्ष एवम् बाल तथा युवा अभियन्ता राकेश गुप्ताको प्रमुख आतिथ्यतामा भएकाे हाे ।
कार्यक्रमको उद्घाटन गर्दै मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ताले समाजमा भइरहेको बिकृती तथा बलात्कारको घटनालाई न्यूनीकरण गर्ने सहि उपाय रहेको तथा आगामी दिनमा पनि सवै सरकारी निकाय, गैरसरकारी संघ संस्था एक जुट भइ बलात्कार तथा महिला हिंसा विरुद्ध सचेतना अभियान चलाउनु पर्नेमा जोड दिए ।
विगत ३ वर्ष देखि हजारौँ महिलाहरूलाई आत्मरक्षा तालिमको माध्यमबाट सशक्तिकरण गर्न सफल व्यक्तित्व एवम् पत्रकार रेनुका चौधरी तथा प्रमिला चौधरीले तालिममा सहजिकरण गरेका थिए । तालिममा स्थानिय दर्जन भन्दा बढि किसाेरीहरूकाे उपस्थिती रहेकाे थियाे ।