महेशपुर, २५ असाेज । नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. १ महेशपुरमा बुधबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारीलाइ कार्वाहीकाे माग गर्दै महेशपुरमा बिराेध प्रदर्शन गरिएकाे छ। आयोन नेपाल, बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालकाे संयुक्त अायाेजना तथा मैत्री समाज नेपाल , हरपुर युवा क्लब हरपुरकाे सहअायाेजनामा महेशपुर चाेकमा दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने भन्दै नाराबाजी गरिएकाे थियाे ।
हत्यारालाई पत्ता लगाउन नसक्ने सरकारले राज्य सञ्चालन गर्न नसक्ने भन्दै उनीहरुले सरकारको राजीनामाको मागसमेत गरेका थिए। दिप प्रज्वलन पछि आयोजित कोणसभामा बाल अधिकारका लागि राष्ट्रिय अभियान क्षेत्र नम्बर ५ संयाेजक रन्जित शर्माले राज्यले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन नसक्दा मुलुकमा सुशासन, न्याय र कानुनी राज्यकै उपहास भएको बताए । दुई तिहाई बहुमतको सरकार आइसकेपछि देशमा अमन चयन हुने विश्वास लिएका सर्वसाधारणले श्रिखला वद्धरुपमा बढ्दै गएको महिला हिंसाका घटनाले लोकतन्त्रकै उपहास भएको उनको भनाई थियो।
कार्यक्रममा मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता, पत्रकार महम्मद इजहार शेष,युवा अभियान्ता प्रमाेद खरबार,भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीका अध्यक्ष उमेश बि.क लगाएतले निर्मला पन्त जस्तै हाम्रो समाजमा घटना नघटाेस र समाजमा भइरहेको बिकृती तथा बलात्कारको घटनालाई न्यूनीकरण गर्ने सहि उपाय रहेको तथा आगामी दिनमा पनि सवै सरकारी निकाय , गैरसरकारी संघ संस्था एक जुट भइ बलात्कार तथा महिला हिंसा विरुद्ध सचेतना अभियान चलाउनु पर्नेमा जोड दिएका थिए ।