विपन्न वर्गका हस्तकला सामग्री शाश्वतधाममा राख्ने

0
528

नवलपुर, २५ असाेज । विपन्नवर्गका हस्तकला उत्पादक कालीगढहरुको उत्पादन सामग्री नवलपुरको शास्वतधामको संस्कृति सम्पदा भण्डारमा आवश्यक्ता अनुसार बिक्री स्टलमा राख्ने सहमति भएको छ ।

विपन्नवर्गका हस्तकला उत्पादक कालीगढहरुको उत्पादनको दिगो विकास र बजारसम्मको पहुँच स्थापना गर्न गरिबी निवारण कोष र चौधरी फाउण्डेसनबीच बिहीबार सम्झौंता भएको हो ।

कोषको सदस्यहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई अझ सुदृढ एवम् व्यवस्थित बजार प्रवद्र्धन गर्ने उद्देश्यले कोष र फाउण्डेशनबीच सम्झौंता भएको फाउण्डेशनद्धारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । सम्झौंतामा कार्यकारी निर्देशक नहकुल केसी र फाउण्डेसनको तर्फबाट प्रवन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा ‘कोषमार्फत गठन भएका उत्पादन समूहका सदस्यमार्फत उत्पादित हस्तकलाका सामग्रीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन, साझा सुविधा केन्द्रको संस्थागत विकास गर्नुका साथै हस्तकलाकर्मी तथा कलिगढ़हरुको सीप तथा क्षमता अभिवृद्धि गरी राष्ट्रको दिगो तथा समावेशी आर्थिक विकासको चाहना र आवश्यकतालाई संयुक्तरुपमा योगदान गर्नु समझदारीको उद्देश्य रहेको छ ।’ भनिएको छ ।

कोषमार्फत गठन भएका साझा सुविधा केन्द्र, उत्पादन समूह तथा कलिगढ़हरुको विवरण फाउण्डेसनलाई उपलब्ध गराउने छ । कोषसँग रहेका नमुना उत्पादनको प्रदर्शन तथा बजार प्रवद्र्धनका लागि फाउण्डेसनलाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

फाउण्डेसनले उत्पादित हस्तकलाका सामग्रीहरुको बजार प्रवद्र्धन गर्न सहयोग गर्ने सहमतिमा छ । फाउण्डेसनले ‘उन्नति बजार’ मा बिक्री स्टलमार्फत बिक्री एवम् प्रवद्र्धनमा सहयोग गर्ने बताइएको छ । वस्तु बिक्री गर्दा ‘नेपालको’ ब्राण्डनेम प्रयोग गरिने विज्ञप्तिमा उल्लेख छ । फाउण्डेसनले हस्तकलाका सामान खरिद गर्दा साझा सुविधा केन्द्र वा उत्पादन समूहसँग अनिवार्य रुपमा सम्झौता गर्नेछ । खरिदमूल्य समसामयिक र पारदर्शी हुने उल्लेख छ । ( साभारः नारायणी अनलाइन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here