करोडाै रुपैया सापटी लिएर दम्पत्ती फरार : तमस्सुक नहुँदा प्रहरीले लिएन जाहेरी

0
431

नवलपुर, २५ असाेज । नवलपरासी पूर्व कावासोती नगरपालिका आठ निवासी भगवती सापकोटा र प्रेम सापकोटाले करोडौ रुपैया ठगी गरेर फरार भएका छन । दुवै जना श्रीमान श्रीमती हुन । उनीहरुले आफ्ना वरपरका छरछिमेकी तथा आफन्तलाई विभिन्न बाहाना बनाएर सापटी भनेर रकम मागेर फरार भएका हुन । 

कावासोतीका ३२ जनाको करौडौ रुपैया ठगेर उनीहरु फरार भएका हुन । विभिन्न पसलबाट समेत उनीहरुले सामान खरिद गरेर रकम समेत दिएका छैनन । सुन पसल ,फेन्सी पसल , हार्डवेयर पसलबाट उनीहले लाखौ रुपैयाको सामान खरिद गरेर पैसा दिएका छैनन । केहिले मात्रै रकम दिएको तमसुक गरेका छन भने अधिकाशंले कागज नगरि रकम दिएका छन पाइएकाे छ । 

सबैभन्दा बढि कावासोती आठकी सुनिता तिमिल्सीनाको ३० लाख रुपैया ठगि भएको छ । भगवतीले छोरालाई विदेश पटाउन भनि दुईचार दिनमै दिने भनी सापटी स्वरुप उक्त रकम मागेकी थिईन । भर्खर घर बेचेकी सुनिताले विश्वास गरी कुनै प्रमाण नराखि रकम दिएकी थिईन । अहिले सुनिता घरवार विहिन नै बन्न पुगेकी छन ।

भएको घर बेचेर अर्को घर बनाउन राखेको रकम लिएर फरार भएपछि सुनिता छागाबाट झरेजस्तै भएकी छन । यस्तै झवकला तिवारीको २५ लाख रुपैया ठगि भएको छ । त्यसबाहेक अन्यको ५० हजारदेखि १० लाख रुपैयासम्म गरेर एक करोण ६७ लाख ४ हजार रुपैया ठगि भएको छ ।

भगवती र प्रेम लामो समयदेखि कावासोती आठ मै स–परिवार बस्दै आएका थिए । श्रीमान श्रीमती मिलेर छरछिमेकी र आफन्तलाई कहिले सहकारीको ऋण तिर्न , कहिले छोरा विदेश पठाउन , कहिले छोराछोरीको पढाई खर्च तिर्न ,कहिले औषधी गर्न भनेर सरसापटी माग्ने र कतिपयको धेरै थोरै ब्याज र साउ तिर्दै पनि गरेका थिए । छरछिमेकमा सरसापटी चलाउ नै पर्छ भन्ने सोचेर कागज नगरि पैसा दिएको कावासोती आठकी सुना चापााईले बताईन । उनले पनि तीन लाख रुपैया दिएको बताईन । ‘एकै ठाउ बस्ने भएपछि सरसापटी चलाउनै पर्यो आफुलाई नि चाहिन्छ , विश्वास गरेर कागज गरिएन अहिले पछुतो भएको छ । ’ चापागाईले भनिन ।

चापागाईका अनुसार उनीहरुले कावासोतीमा भएको घर थाहै नदिई बेचेर गत जेठ महिनाबाट फरार छन । दुवैजनाले फोन नम्बर परिवर्तन गरेर सम्पर्कमा नै छैनन । केहि दिन अघि छोरीको नम्बरमा फोन गर्दा अहिले आफुहरु काठमाण्डौमा बसेको बताएको र आमावुवाको सम्पर्क नम्बर माग्दा फोन नलिएको बताएको चापागाईले बताईन ।

ठगिमा परेकाहरुले रकम दिलाईदिन भनि कावासोती नगरपालिकाको न्यायीक समितीमा निवेदन दिएका छन । तर ठगिको केश प्रहरीले हेर्ने हुदा प्रहरीमा जाहेरी दिन भनेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय नवलपुरमा गएका थिए तर प्रहरीले आवश्यक प्रमाण नभएका कारण जाहेरी लिन नमिल्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय नवपुर प्रमुख एस .पि . रमेश थापाले नया मुलुकी ऐन अनुसार लेनलेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था गरेकाले आफुहरुले जोहरी नलिएको बताए ।

कावासोती नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितीका संयोजक प्रेमशंकर मर्दनियाले यस विषयलाई पार लगाउने काममा आफु लागि परेको बताएका छन । न्यायीक समितीले हेर्ने मुद्धा नभए पनि स्थानीय सरकार भएकाले स्थानीय बासिन्दाको समस्या समाधान गर्नु आफ्नो दायित्व भएकाले आफुले एस. पी. , वकिलसंग यस वारेमा परामर्श गरेको बताए । उनले आजभोली मै प्रमुख जिल्ला अधिकारीसंग भेटेर परामर्श गर्ने र जसरी भए पनि समस्या समाधान गर्ने बताएका छन । (साभारः कावासाेती फेसबुक पेजबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here