बेपत्ता विनोद महतोलाइ खाेजीदिन अाग्रह

0
475
नवलपुर,२५ असाेज ।  देवचुलि नगरपालीका २ दुम्कौलीबाट यहि असोज १७ गते तिर्थका लागि भनेर भारतको गया कासि हिडेका देवचुलि २का ३६ वर्षिय विनोद महतो बाटो बाटै बेपत्ता भएको परिवारले जनाएको छ ।
गाउँमा रहेका करिव ५० जनाको समुह मिली तिर्थ गर्न हिडेका महतो भारतको गया भन्ने स्थानबाट बेपत्ता भएको जनाइएको छ। तिर्थ हिडेका अरु तिर्थालुहरु खाना खान गयामा ओर्लिने क्रममा त्यहाबाट हराएका महतो नफर्के पछि भारतिय प्रहरीलाई खबर गरिएको र भारतिय प्रहरीले पनि खोज तलास गरि रहेको पारिवारीक स्रोतले जनाएको छ ।
विनोदका दाजु शिवले आफ्नो भाइ तिर्थ जादा हराएको र खोजि गरि दिन आग्रह समेत गरेका छन । दाजु शिवले भाइ विनोदलाई नेपालमा कसैले फेला पारेमा ९८४७०९५५४२ मा सम्पर्क गरिदिन आग्रह समेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here