सुक्यो परासी बजार : सिमापारी भिडभाड वारी सुनसान

0
332


परासी, २५ असोज । हिन्दु समुदायको महानपर्व बिजया दशंै नजिकिदै जाँदा यतिबेला नेपाली उपभोक्ताहरुको भारतीय सिमावर्ति बजारमा निकै भिडभाड लागेको छ । धुमधामका साथ दशंै मान्न नेपाली उपभोक्ताहरु सर–समान किनमेल गर्न सस्तोको लोभमा भारतीय बजार ठुठीबारी, बरगदवाँ, लक्ष्मीपुर, झुल्नीपुर र भंैसालोटमा निकै भिडभाड लगाएका छन् ।

जिल्लाको गंैडाकोट, कावासोती, डण्डा, बर्दघाट, सुनवल, परासी लगायतका मुख्य–मुख्य बजारबाट पनि उपभोक्ताहरु सस्तो खोज्दै भारतीय बजारमा कपडा लत्ता, घरायसी प्रयोजनका लागि खाद्यान्न, पुजा सामाग्री, भाँडा कुडा लगायतका सरसमान किनमेल गर्न घुईचो लागेको छ । उपभोक्ताहरु गाडी नै रिजर्भ गरेर बजार गर्न आउने गरेका छन् ।

यता नेपाली उपभोक्ता भारतीय बजारमा पुग्न थालेपछि नेपाली बजारहरु सुक्न थालेको छ । उपभोक्ताहरु सस्तो खोज्दै भारतीय बजारमा पुग्न थालेपछि जिल्लाको परासी, सुनवल, बर्दघाट र गोपीगंज लगायतका बजारहरु सुनसान बनेको परासीका व्यपारीले बताए । भन्सार तिर ल्याइएको शुद्ध सामाग्री जब आफनै नेपाली उपभोक्ताले खरिद नगरि भारतीय बजार जान थालेका छन् भने हाम्रो व्यपार कसरी अगाडी बढला भन्ने व्यपारीहरु चिन्ता समेत व्यक्त गरेका छन् ।

नेपाली उपभोक्ता सस्तो र भरपर्दाे सर–समान किनमेल गर्न भारतीय बजारमा त पुग्दछन तर उनीहरुलाई यो थाहा छैन किन भारतीय व्यपारीह खाद्यान्न सामाग्रीका केहि आईटम सस्तोमा दिई अरु सामानमा ठेलेर दाम लिई आफनो हिसाब मेन्टेन गर्दछन । एका त भारतीय बजारमा नेपाली मुद्रा लिएर पुगेका उपभोक्ताहरुलाई मुद्रा सटहीमै ४ रुपैया सैकडेमै ठगिन्छन् अर्काे तर्फ खाद्यान्न सामाग्री, कपडालत्ता र भाँडाकुडाको केहि आईटममा गुणस्तरहिन सामाग्री दिई उपभोक्ताहरुलाइ ठग्ने गरेका नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here