नवलपुरका आठ स्थानीय तहमा नेकपाको संयन्त्र गठन

0
310

नवलपुर, २४ असाेज । गण्डकी प्रदेश अन्तरगत पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नवलपुरका आठ वटा स्थानीय तहमा संयन्त्र गठन गरिएको छ । नेकपा नवलपुरले एकिकरण प्रकृया शुरु गर्दै नगरपालिकामा आठ जना र गाउँपालिकामा छ जना रहने गरी संयन्त्र गठन गरेको छ ।
जस अन्तरगत गैंडाकोट नगरपालिकामा षडानन्द लामिछाने, देवीदत्त कँडेल, जगन्नाथ पौडेल, धु्रर्वराम पौडेल, दुर्गा ढुङ्गाना, दुर्गा भुषाल, गोपी कँडेल, युवराज रिमाल चयन भएका छन् ।

यस्तै देवचुली नगरपालिकामा कृष्णबहादुर केसी, हेमन्त श्रेष्ठ, खगराज कँडेल, डिलाराम पाण्डे, इन्द्रप्रसाद भुषाल, कृष्ण तिवारी, नेत्र पाण्डे, प्रेमा खनाल चयन भएका छन् भने कावासोती नगरपालिकामा बिष्णुप्रसाद ढुङ्गाना, केदार घिमिरे, नारायण तिवारी, ऋषिकेश भट्टराई, गुरुप्रसाद अधिकारी, नारायण लोहनी, एकादत्त ओस्ती, रमिला भुजेल चयन भएका छन् ।

यस्तै मध्यविन्दु नगरपालिकामा दुर्गाप्रसाद भुर्तेल, केदार पराजुली, रामभक्त अधिकारी, होमबहादुर गुरुङ्ग, झिनकराम महत्तो, हरि पाण्डे, धनकला भण्डारी, दुर्गा रसाइली, विनयी त्रिबेणी गाउँपालिकामा लक्ष्मणबहादुर पाण्डे, कृष्ण पाण्डे, कृष्णबहादुर वि.क, दयमन्ती रुचाल, सुरज कहार, राजकुमार श्रेष्ठ चयन भएका छन् भने हुप्सेकोट गाउँपालिकामा पूर्णप्रकाश विक ,चन्द्रबहादुर राना, मेकबहादुर पुलामी, नयादत्त गौतम, झविलाल राना, टेकनाथ सिग्देल चयन भएका छन ।

यसैगरी बौदीकाली गाउँपालिकामा श्यामसुन्दर श्रेष्ठ, बालप्रसाद ठाडा, शिब खड्का, टंक पुलामी, गेसबहादुर थापा, टोपराज रुचाल, बुलिङ्गटार गाउँपालिकामा टंक माकिम, टंक गिरी,दिपकचन्द्र बस्ताकोटी, लालबहादुर रेश्मीमगर थर्कबहादुर घर्ती, टिकीसरा थापा मगर चयन भएको बुधवार कावासोतीमा पत्रकार सम्मेलन गरि नेकपाका केन्द्रीय सदस्य तिलक महतले जानकारी दिए ।

स्थानीय तहको यस संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टीका कामहरु पुरा गर्ने जिम्मेवारी दिएको छ । पार्टी एकता टुङ्गाउनका लागि निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुर संयन्त्रको रहजरमा बसेको बैठकले स्थानीय तहको संयन्त्र गठनसंगै कार्यालय ब्यवस्थापनको जिम्मेवारी पूर्व माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय नै नेकपा नवलपुरको जिल्ला पार्टी कार्यालयको रुपमा अर्को ब्यवस्था नहुँदा सम्म सञ्चालन गर्ने र कार्यालय सचिवमा नारायणप्रसाद तिमिल्सेना र शुष्मा खनाललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

यस्तै पूर्व दुवै पार्टीको चलअचल सम्पत्ति, भएका भौतिक सामग्रीहरु र आज सम्मको ऋणधन वासलात तयार गर्न दुवैजना कार्यालय सचिव र लेखा सम्बन्धि जानकारी बिष्णु लम्साललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

यसैगरी पार्टी एकताको सन्देश प्रवाह र दशैं, तिहार, छठ, ल्होसार, इद, क्रिसमसलगायतका सबै चाडपर्वहरुको अवसरमा शुभकामना आदान–प्रदान दिने निर्णय गर्दै असोज २५ गते हुप्सेकोट, असोज २६ विनयी त्रिबेणी, असोज २७ गते कावासोती, असोज २७ गते मध्यविन्दु , असोज २८ गते गैंडाकोट, २८ गते देवचुली, असोज २९ गते बौदीकाली, असोज २९ गते बुलिङटारमा कार्यक्रम गर्ने र असोज मसान्त भित्र नवलपुर जिल्लाको आठवटै स्थानीय तहमा पार्टी कार्यालय खोल्ने निर्णय समेत गरेको महतले जानकारी दिए ।

यस्तै स्थानीय तहका कमिटिहरुका वडा—वडाहरुमा संयन्त्र गठन गर्न गाउँपालिकामा रहेको संयन्त्रले छ जना वडा संयन्त्र निर्माण गर्ने र तिहार भित्र वडा कार्यालय गठन र वडास्तरमा शुभकामना आदान–प्रदान तथा पार्टी एकता सन्देश कार्यक्रम सक्ने र कात्तिक १७ गते जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कावासोतीमा गर्ने निर्णय समेत गरिएको छ ।

पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिदै केन्द्रीय सदस्य महतले अहिले गठन भएको संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मको लागि पार्टीको सबै काम गर्ने अधिकार दिएको बताए । यस्तै छिट्टै नै जिल्लादेखि वडा तहसम्मको पार्टी कमिटी समेत गठन गरिने समेत बताईएको छ ।

यसैबीच बुधवार नै नेकपा नवलपुरको पार्टी कार्यालयको उद्घाटन समेत गरिएको छ । अर्को ब्यवस्था नहुँदा सम्म सञ्चालन गर्ने गरि पूर्व माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय नै नेकपा नवलपुरको जिल्ला पार्टी कार्यालय बनाईएको छ । कार्यालयको केन्द्रीय सदस्य महत, केन्द्रिय सदस्य रविन्द्र अधिकारी र किसन सर्मा गैह्रेले उद्घाटन गरेका थिए । (साभारः नारायणी अनलाइन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here