सुनवलमा नमुना बर्थिङ्ग सेन्टर संचालन : गर्भवति महिलालाई निशुल्क एम्बुलेन्स सेवा

0
275


सुनवल, २४ असोज । नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमुना प्रसुती गृह संचालनमा आएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वार्ड नम्बर १ वडा कार्यालय भवनको छेउमा नर्मल डेलिभरी गराउनका लागि जिल्लाकै व्यस्थित र सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर संचालनमा ल्याइएको हो ।

सुनवल नगरपालिकाको आयोजना तथा नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको बर्थिङ्ग सेन्टर समुद्दघाटन कार्यक्रममा प्रदेश ५ सरकारको भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सो बर्थिङ्ग सेन्टरको रिबन काटेर उद्दघाटन गरेका हुन् । मन्त्री चौधरीले रिबन पश्चात शिलालेख अनावरण गर्दै बर्थिङ्ग सेन्टरको अवलोकन समेत गरेका थिए ।

सुनवल नगरपालिका भित्रका गर्भवती महिलाहरुले आफनै गाउँपालिकामा सहज वातावरण बच्चा जन्माउन पाउन् भनि उद्देश्यले नगरपालिकाले सो बर्थिङ्ग सेन्टर संचालनमा ल्याएको नगर प्रमुख भिम बहादुरा थापाक्षेत्रीले बताए ।

नगर प्रमुख थापाले भने, यस सुनवल नगरपालिका भित्र जो सुकै गर्भवति महिला यस सेन्टरमा बच्चा जन्माउन आउदा त्यसको लागि निशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको छ । यस सेन्टरमा बच्चा जन्माउन आउने गर्भवति महिलाहरुलाई सेन्टरमा ल्याउनका लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिएको प्रमुख थापाले बताए ।

व्यस्थित र एसी सहितको उक्त बर्थिङ्ग सेन्टरमा ६ जना दक्ष स्टाफ नर्स सहित कुल ११ जना स्वास्थ्य कर्मी खटाइएका छन् । बच्चा र सुत्केरी महिलालाई आवश्यक पर्ने औषधीको व्यवस्था मिलाइएको छ भने तापक्रम अनुकुल राख्न एसि सहितको प्रसुती कक्ष बनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवं भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उक्त बर्थिङ्ग सेन्टलाई आर्थिक भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नगरपालिका प्रमुख भिम बहादुरा थापा, नेकपाका प्रतिनिधि थान प्रसाद गैरे, सहरकारी संघका सभापति विष्णु पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरुण कुमार महतो, नगरपालिका उप–प्रमुख दधिराम अर्यालल लगायतले उक्त व्यस्थित बर्थिङ्ग सेन्टरको प्रसंशा गर्दै बच्चा जन्माउन गर्भवति महिलाहरुलाई उक्त बर्थिङ्ग सेन्टमा आउन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here