परासी, २४ असोज । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री धुव्रबहादुर प्रधानले एक क्लवलाई व्यायाको सामग्री सहयोग गरेका छन् । उनले परासी स्थित रामग्राम व्याडमिन्टन क्लवलाई बुधबार विहान व्यायामका सामग्री हस्तान्तरण गरेका हुन् । खेलाडिको आफ्नै मेहनतले कभर्डहलको संरक्षण गर्दै खेलाडि उत्पादनमा लागिरहेको क्लवलाई प्रोत्साहन स्वरुप सो सामग्री हस्तान्तरण गरेको गरेका हुन् ।
पुर्व आईजी प्रधानले, सो सामग्री मार्फत खेलाडिको स्तरन्नती तथा प्रोत्साहन हुने विश्वास व्यक्त गर्दै राष्ट्रिय खेलाडि उत्पादन हुने विश्वास पनि व्यक्त गरे । एसिया जिम्न्यास्टिक संघका उपाध्यक्ष समेत रहेका प्रधानले आफ्नो व्यक्तिगत सहयोगमा व्याडमिन्टन क्लवलाई सो सामग्री हस्तान्तरण गरेको बताए । यसअघि पनि उनले रामग्राम व्याडमिन्टन कभर्डहल स्थापनाका लागि आफ्नो व्यक्तिगत एक कठ्ठा जग्गा उपलब्ध गराएका थिए ।
अहिले सो कभर्डहल जिल्लाकै नमूनाको रुपमा स्थापित भएको छ । रामग्राम व्याडमिन्टन क्लवका अध्यक्ष मेघराज गौतमले सामग्री ग्रहण गर्दै खेलाडिलाई हौसला बढेको बताए । सबैको सहयोगका कारण परासीमा नमूना कभर्डहल स्थापना हुनुका साथै खेलाडि उत्पादनमा पनि क्लवले भूमिका खेलिरहेको अध्यक्ष गौतमले बताए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता, उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, जिल्ला व्याडमिन्टन संघका सल्लाहकार सुर्दशन पन्त, रामग्राम व्याडमिन्टन क्लवका सल्लाहकार सुमन गोपाल आचार्य, रामग्राम जेसीजका अध्यक्ष मुक्ति पौडेल, पत्रकार महासंघका पूर्व जिल्ला सभापति केशव पराजुली लगायतले शुभकामना व्यक्त गरेकोे रामग्राम व्याडमिन्टन क्लवका सचिव सन्तोष पाण्डेले जानकारी दिए ।