
सरावल , २४ असाेज । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ भुजहवामा सरावल गाउँपालिका स्तरीय खुल्ला कृकेट प्रतियाेगिता सुरु भएको छ । सरावल गाउँपालिका स्तरीयखेलकुद समितिकाे अायाेजनामा तथा नवदुर्गा युवा क्लब भुजहवाकाे सहअायाेजननमा शुभ बिजया दशमीकाे पुनित अवसरमा आयोजना गरिएकाे सो प्रतियोगिता महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यता तथा गाउँपालिका उपप्रमुख उतमा रायको बिशिस्ट अातिथ्यतामा सञ्चालन भएकाे छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले क्रिकेट ब्याट र बलले खेल्ने सामुहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइएको रुपमा मानिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हाे भन्दै खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र सरावल गाउँपालिका भित्र छिटै स्टेडियम निर्माणका लागि पहल गर्ने उँहाले आश्वासन दिनुभयो ।
त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथिको रुपमा रहनुभएका रायले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो । कार्यक्रममा कृषि सहकारी संस्थाका अध्यक्ष सुबास सहानि, सरावल गाउँपालिका स्तरीयखेलकुद समितिकाे सहसचिव रियाज अलि अन्सारी लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।
साे खेलकुद प्रतियाेगितामा नवलपरासी र रुपन्देहीका र मित्र राष्ट्र भारत गरि ३५ वटा कृकेट समुहको सहभागिता रहेकाे छ । अाज बुटवल रुपन्देही र सुर्यपुरा बिच भएको खेलमा सुर्यपुरा बिजय भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार ,कप,प्रमाण पत्र द्धितिय हुनेलाई ३१अजार, कप,प्रमाण पत्र पुरस्कार राखिएको छ ।