२० अर्बको गिट्टीबालुवा खानीमा तस्करको मनोमानी

0
343


परासी, २४ असोज । चुरे क्षेत्रका खोलानालामा निकासी नखुलेपछि गिट्टीबालुवा तस्करको आँखा २० अर्बको खानीमा धसेको छ । अड्डा जमाएर खानीमा बसेको तस्करहरु प्रहरीको मिलोमतोमा दिनहुँ लाखांैको गिट्टीबालुवा चोरी तस्करी गरेको पाइएको छ । जिल्लाको कुनै खोलानालामा निकासीको ठेक्का नलागेकाले जिल्ला भरिका गिट्टीबालुवा तस्करहरु गिट्टी बालुवा चोर्न सो खानीमा भिडेका छन् ।

जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा रहेको सुस्ता र प्रतापपुर गाउपालिकाको सिमानामा फैलिएको २० अर्ब मुल्य बराबरको गिट्टीबालुवा खानीमा दैनिक दर्जन भन्दा बढि टेक्टर र ट्रकले गिट्टि बालुवा लोड गरि चोरी–तस्करी हुने गरेको पाइएको छ । सो खानी सुस्ता गाउँपालिकाको कुडिया, नर्सही र प्रतापपुर गाउँपालिकाको बद्रीघाट, पिपरपाती र गुठीपर्साैनीको बिचमा रहेको क्षेत्र हो ।

ईलाका प्रहरी कार्यालय बेलाटारी र छरछिमेकको प्रहरी चौकीको मिलोमतोमा सो खानीबाट दिनहुँ लाखांैको मालको तस्करी हुने गरेको पाइएको छ । केहि तस्करहरु गिट्टीबालुवा निकासीको फर्म दर्ता गराई रातभरि खानीमा अवैध उत्खनन गर्ने र दिनभरि बेचविखन गर्ने गरेको एक जनप्रतिनिधिले आरोप लगाए । सो खानी ईलाका प्रहरी कार्यालय बेलाटारीको कार्य क्षेत्रमा पर्दछ । सो चारी तस्करीबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र भट्टले सम्बन्धित निकायसंग बुझेर चोरी तस्करी नियन्त्रण गर्ने प्रतिक्रिया दिए ।

करिब एक हजार विघामा फैलिएको उक्त गिट्टीबालुवा खानीमा कोई पोखरीको नाममा त कोई गाउँघरको कामकाजको बहानामा अवैध उत्खनन गरि अवैध भण्डारण गरेको प्रत्यक्ष देख्न सकिन्छ । खानीको उत्खनन र संरक्षण प्रति सम्बन्धित गाउँपालिका र सरकारी निकाय मौन हुँदा तस्करको राज नै भएको छ ।

गण्डक सम्झौता पुर्व नारायणी नदीले धार परिवर्तन गर्दा उतm नदीबाट क्षेत्रमा डेढ मिटर उचाईको गिट्टीबालुवा र ढुङ्गा बगेर भण्डार भएको छ । अहिले सम्झौता पछि नदीमा बि गैप बाँध बने पछि सो क्षेत्र खानीको रुपमा परिणत भएको छ । २०७० सालमा तत्कालिन जिविसले सो क्षेत्रमा २० अर्ब बराबरको गिट्टीबालुवा भण्डार रहेको अवस्था जानकारी गराएको थियो ।

जिल्ला समन्वय समिति अनुसार एक हजार विघामा डेढ मिटर गहिराईको गिट्टीबालुवा थन्किएको छ । यसरी ति थन्किएका गिट्टीबालुवा अनुमानित १ करोड १ लाख ५८ हजार ९ सय ४५ घनमिटर रहेको छ । ति गिट्टीबालुवा एक टालीमा २ दशमलव ५ घनमिटरको हिसाबले ४ लाख ६३ हजार ५ सय ७८ टाली खानीमा गिट्टि र बालुवा रहेको देखिन्छ । प्रति टाली बजार मुल्य ५ हजार मुल्य रहेको हुदा पुरै खानीको अनुमानित मुल्य २० अर्ब ३१ करोड ७८ लाख ९० रुपिया बराबरको खानी रहेको जिसस प्रमुख शिवशंकर रायले जानकारी दिए ।

खानी प्रति संरक्षण गर्ने निकाय संरक्षण गर्न तर्फ ध्यान दिएको देखिदैन् । उल्टै स्थानिय प्रहरी चौकी र इलाका प्रहरी कार्यालयलाई आर्थिक प्रलोभन देखाई चोरी तस्करी हुने गरेको पाइएको जिससले जनाएको छ । स्थानिय तह पनि त्यस प्रति बेखबर छ । आफ्नै कार्यकर्ताहरु चोरी तस्करीमा लागेका कारण थाहा पाए पनि थाहा नपाए झै जनप्रतिनिधिहरुले प्रतिकृया दिने गरेका छन् ।

खानी मास्न खानीमा तस्करको झुण्ड देखेर तस्करीबारे जन–गुनासो बढन थालेपछि बुधबार विहान खानीमा माल लोड गर्न पुगेको ७ वटा टेक्टर प्रहरीले भेटायो, तर ति टेक्टरलाई पक्राउ गरि अनुसंधान गर्नु भन्दा फिर्ता पठाईदियो । खानी क्षेत्रमा आएको टेक्टर खाली देखिएको हुदा सो टेक्टर स्थानिय वार्ड अध्यक्षको जिम्मा लगाइएको प्रतिकृया इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षकले प्रतिक्रिया दिए ।

सो खानीबाट झिकिएको गिट्टीबालुवा भारतिय बजारसम्म जाने गरेको बताइएको छ । अहिले नेपालमै चुरेका खोलाको निकासी बन्द रहेको अवस्थामा खानीबाट चोरी बढेको स्थानियले बताएका छन् । संरक्षणको जिम्मेवारी पाएको गाउपालिकाका जनप्रतिनिधि समेत संलग्नता हुने हुने आरोप स्थानियबासीको रहेको छ ।

प्रति टेक्टर १ हजारको दरले प्रहरी खाजस्व लिएर छाडे पछि करोडौको राजस्व गुम्ने गरेको आरोप स्थानियबासीको रहेको छ । जैविक विविधतालाई हानी पुर्याउने गरी हुने गरेको चोरी तस्करीले राजस्व गुमाउने अवस्था छ । खानीमा भई रहेको मनोमानी चोरी तस्करीबारे सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले आफुलाई जानकारी नभएको सो बारे बुझ्ने प्रतिकृया दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here