परासी, २४ असोज । चाँडबाडालाई लक्षित गरेर नवलपरासीमा शुरु गरिएको बजार अनुगमन अहिले सुकेको छ । हिन्दु समुदायको महान चाँडबाडका बेला देशभरि अनुगन चर्किएपनि नवलपरासीमा भने अनुगन सुकेको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित संयुक्त बजार अनुगमन समितिले एक साता अगाडी २ पटक बजार अनुगमन गरि जिल्ला भरि माहौल तताएको थियो तर अहिले विभिन्न बहाना देखाउदै समिति चुपचाप बसेको छ ।
समितिले चाँडबाडलाई लक्षित गरेर एक पटक परासीको पोखरापाली बजार र दोश्रो पटकमा सुनवल बजार अनुगमन गरि विभिन्न अखाद्य बस्तु, मिति सकेको खाद्य बस्तु र दर्ता नभएको पसलहरु फेला पारेको थियो । समितिले बजार अनुगनममा तिब्रता दिएपछि उपभोक्ता ठग्ने र राजस्व छल्ने व्यपारीहरुमा त्रास समेत समायो ।
अनुगमनले उपभोक्ता ठगिनबाटा जोगिने, विशुद्ध खाद्य पदार्थ किन्न पाउने दर्ता नभएको पसल कानुनी दायरामा ल्याई राजस्व बढ्ने हल्ला बजारभरिन फैलियो तर अनुगमन समितिनै मौन बस्न थालेपछि फेरि ठगि र राजस्व छली मौलाउन थालेको नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले बताए ।
पुरानो चलन चल्ती अनुसार समितिले चाँडबाडका बेला मात्र जिल्लाका विभिन्न मुख्य बजार अनुगमन गर्ने गर्दछ । उपभोक्ताको मार बुझने र राजस्व बृद्धि गराउने उद्देश्य भन्दा समितिले आफनो ईच्छा अनुसार मात्र फर्माल्टी पुरा गर्न नजिकका केहि बजार अनुगमन गरेर झारो टार्ने कार्य गर्दै आएको छ । बजार अनुगमनबाट फल्ट भेटिएका व्यपारीलाई नत्र कुनै कार्वाही हुन्छ नत्र जिल्ला भरिको पुरै बजार अनुगम हुन्छ खाली फर्माल्टी पुरा गर्न मात्र अनुगमन हुदै आएको नागरिक समाजका अध्यक्ष उपाध्यायले बताए ।
समितिले खाद्यान्न पसल, मिष्ठान भण्डार बाहेक जाँडरक्सी पसल, होटेल, हार्डवेयर तथा ईलेक्ट्रिक पसल, कपडलत्ता पसल, फेक्ट्र, कलकारखाना, सरकारी कार्यालय लगायतका क्षेत्रमा अनुगमन गरेको पाइएछैन । जबकी यिनै क्षेत्रबाट उपभोक्ता बढि ठगिने र राजस्व छली हुने गरेको अध्यक्ष उपाध्यायले जानकारी दिए ।
नवलपरासी जिल्ला भारतको सिमा संग जोडिएको बजार भएकाले यहाँका बजारमा थुप्रै अखाद्य बस्तु फेला पर्ने र भारतीय बजारबाट चोरी तस्करीको मालसमान फेला पर्ने र बस्तु सस्तोमा खरिद गरि मनोमानी ढंगबाट महंगोमा बेच्ने र मिति गुज्रेको खाद्य बस्तु फेला पर्ने सम्भावना देखिन्छ । पटक–पटक उपभोक्ता ठगि, राजस्व छली, चोरी तस्करी र म्याद गुज्रेको बस्तु फेला प¥यो भनि सामाचार विभिन्न सञ्चार माध्यमबाट बाहिर आएपनि जिल्ला प्रशासन र अनुगमन समिति भने बेखर बसीरहेको पाउने गरिन्छ ।
बर्षेनी प्रशासनले चाँडबाडका बेला माथिल्लो निकायको निर्देशनमा झारो टार्ने गरि जिल्लाको परासी, सुनवल, भुमही र बर्दघाट जस्ता ठुला बजार एक दुई पटक अनुगमन गरेर कोरम पु¥याउने गर्दछ तर जिल्लाको ग्रामिण क्षेत्रका विभिन्न स–साना बजारहरुमा अनुगमनको अ पनि भएको पाईदैन जबकी सोही क्षेत्रमा बढि ठगि र म्याद गुज्रेको तथा अखाद्य बस्तुहरु बढि पाउने सकिने सम्भावना देखिन्छ ।
एक त अनुगमन समितीले महिनै पिच्छे अनुगमन गर्दैन अर्काे तर्फ अनुगमनबाट फल्ट भेटिएको व्यपारीलाई कुनै कार्वाही पनि हुदैन भने अनुगमन गरेको नगरेकोमा केहि फरक पाईयो त ? समितिलाई प्रश्न छ । दशंै पर्व नजिकन थाल्यो तर जिल्ला भरिका पुरै बजार अनुगमन हुन सकेन, आलोचनाको पात्र बनेको छ अनुगमन समिति । यता अनुगमन समितिले कर्मचारी अभावले अनुगमन गर्न नसकिएको जनाएको छ ।