पृथ्वीचन्द्र अस्पतालमा सहयोग जुटदै

0
227


परासी, २३ असोज । जिल्लाको पृथ्वीचन्द अस्पतालमा बढदै गएको विरामी चाँप देखेर पुर्व प्रहरी महानिरिक्षक (आईजि) समेत रहेका धु्रव बहादुर प्रधानले प्रसुती गृहको माथिल्लो तल्ला थप्ने घोषणा गरेका छन् । पहिला पनि आफ्नै लगानीमा प्रसुति गृहको भवन निर्माण गरिदिएका प्रधानले सोमवार अस्पतालमा पुगेर विरामीको अवस्था हेर्दै सो घोषणा गरेका हुन् ।

अस्पतालमा विशेषज्ञ सेवा शुरु भए देखी विरामीको चाँप बढदै गएर विरामी भर्ना गरि उपचार दिनका लागि पुर्वाधार अभाव देखिएको छ । अहिले गत भदौ महिना देखी अस्पतालमा ब्यापक सुधार भएर अस्पतालले विरामी विच विश्वासनियता बढाएको छ । पहिला रिफर अस्पतालको रुपमा बदनाम कमाएको अस्पताल अहिले प्रदेश सरकार अन्तरगत आए पछि प्रदेश सरकारले अस्पताल ब्यवस्थापनका लागि जिसस प्रमुखलाई तदर्थ समितिको अध्यक्ष तोकेको छ ।

जिसस प्र्रमुख शिव शकर राय अध्यक्षको जिम्मेवारी पाए देखी अस्पताल सुधारमा लागि परेका छन् । अस्पतालमा अहिले विरामीले भरी भराउ देखिन थालेको छ । भवनको अवस्था अवलोकन गर्न पुगेका प्रधानले पहिला पनि अस्पतालको पुर्वाधार दयनिय देखिएका कारण भुई तल्लाको निर्माण गराएर अस्पताललाई हस्तानान्तरण गरेका थिए ।

अहिले अस्पतालमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ सेवा प्रवाह गरिए पछि सुत्केरी गराउनका लागि गर्भवती महिलाको चाँप बढेको छ । प्रसुती पश्चात अस्पतालमै राखेर केही बेर उपचार गर्नु पर्ने तर पुर्वाधार अभावले चाडै नै डिस्चार्ज गर्न परेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट(प्रमेसु) डा.अनन्त कुमार शर्माले बताएका थिए ।

त्यसका लागि प्रधानले आफुले निर्माण गराएको भुई तल्ला माथि तल्ला थप्नका लागि के कति लागत पर्छ ? त्यसका लागि प्राविधिकबाट डिजाईन स्टीमेट गराउन आग्रह गरेका छन् । सो काम प्रमेसु डा.शर्माले तत्कालै गराउने बताएका थिए । अस्पतालमा पुर्वाधारको समस्याबारे स्थानिय समाजसेवी रामभवन यादवले प्रधानसंग आग्रह गरेका थिए ।

प्रधानले अस्पताल प्रशासनमा प्र्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने,अस्पतालका अध्यक्ष एवं जिसस प्रमुख राय,नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायको उपस्थितीमा घोषणा गरेका छन् । अस्पतालले जति चाडै डिजाईन स्टिमेट गराउन सक्छ,त्यती चाडै भवनको निर्माण कार्य प्रारम्भ गर्न सकिने प्रधानले जनाए पछि अस्पताल प्रशासन हौसिएको छ ।

दोश्रो तल्ला थप्नका लागि एक करोड बढि लाग्ने अनुमान रहेको अध्यक्ष रायले बताए । उनले पुर्वप्रहरी महानिरिक्षक प्रधान प्रति कृतज्ञता समेत प्रकट गरेका थिए । उतm अवसरमा प्रजिअ लामिछानेले अस्पतालमा पुर्वाधारका लागि सरकारी निकायसंग पहल भई रहेको छ,तर त्यसका लागि सरकारी प्रकृया पुरा गर्दैमा बर्षाै लाग्न सक्छ,तर ब्यतिmगत सहयोगले चाडै नै समस्या समाधान हुन सक्ने बताए । उनले पनि महानिरिक्षक प्रधान प्रति कृतज्ञता प्रकट गरे ।

अस्पताल पनि एक सेवा गर्ने र धर्म गर्न सक्ने स्थान भएको हुदा प्रधानको सो सहयोगले हजारौ विरामीको कल्याण हुने हुदा त्यो भन्दा ठूलो धर्म के हुन्छ ? प्रजिअ लामिछानेल भने । अस्पतालमा सुत्केरी हुने संख्या मासिक एक सय भन्दा बढि हुने गरेको छ । प्रसुती पछि कम्तीमा पनि १२ देखी २४ घण्टासम्म अस्पतालमै राख्नु पर्छ । तर विरामी संख्या बढनु र त्यो अनुसारको पुर्वाधार नहुदा ६ घण्टा पछि नै डिस्चार्ज गर्नु पर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।

पहिला अस्पतालको जनरल बेडमा पनि प्रसुति राखेर जनरल बेड अन्य स्थानमा सारेर बेड थपिएको छ । तर अब भवन र पुर्वाधार नभएर बेड थप्ने अवस्था पनि छैन् । त्यो भएर यदि माथिल्लो तल्ला थपियो भने प्रसुती भवन विस्तार गरेर सेवा विस्तार गर्न सकिने अस्पतालले जनाएको छ ।

अस्पतालमा अगामी बर्ष देखी स्वास्थ्य सहायक(एच.ए.) र स्टाफ नर्सको पढाई पनि शुरु गर्ने तयारी भई रहेको हुदा महानिरिक्षक प्रधानको यो सहयोगले त्यसमा पनि सघाउने अस्पतालका प्रबन्धक सि.बी.अधिकारीले जनाए । उनका अनुसार एच.ए. र स्टाफ नर्सका लागि शिक्षा मन्त्रालय र सिटिइभिटीसंग समन्वय गर्ने कार्य भई रहेको छ ।

सिटिइभिटी सकारात्मक रहेको र त्यसको प्राथमिकतामा सरकारी अस्पताललाई सम्बन्धन दिइने नीति नै रहेकोले सम्बन्धन पाउने कुरा निश्चित नै प्रायः रहेको प्रबन्धक अधिकारीले जनाए । स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीका लागि पनि ब्यवस्थित प्रसुती गृहको भवन बनाउन आवश्यक छ,उनले भने, महानिरिक्षक प्रधानको यो बेला घोषणा गरिएको सहयोग अति नै सराहनिय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here