उखु किसान पिडा जस्ताको त्यस्तै : राजमार्ग बन्दको उपलब्धी के ?

0
375

–रन्विद्र यादव–

परासी, २३ असोज । उखु उत्पादक कृषक समिति नवलपरासीको अगुवाईमा उखु किसानहरुले यहि असोज १२ गते २ घण्टा पुर्वपश्चिम राजमार्ग अवरोध गरेका थिए ।

चिनी मिलहरु आलटाल गर्दै किसानहरुलाई उखुको भुक्तानी नदिएपछि उखु किसान बाध्य भएर आन्दोलनमा उत्रि राजमार्ग बन्द गराउन पुगेका थिए ।

पटक–पटक उखुको किसान आग्रह, दबाब मुलक आन्दोलन र जिल्ला प्रशासन कार्यालय समेतको निर्देशनलाई चिनी मिलहरुले अटेरी गरेपछि किसानहरु बाध्य भई तत्काल भुक्तानी गर्न, सरकारले दिने अनुदान रकम एकमुष्ट रुपमा दिन र विगतका बर्षको बक्यौता रकम भुक्तानी गर्न माग सहित सरकारलाई दबाब दिन राजमागमा उत्रेका थिए ।

असोज १२ गते शुक्रबारका दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म हजारांैको संख्यामा राजमार्ग उत्रिका उखु किसानहरु पुर्व पशिचम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिकको टिसिएन चोकमा राजमार्ग पुरै ठप्प पारेका थिए । किसानकाे आन्दोलनमा नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद विक्रम खनाल, देवकरण कलवार, कार्यवाहक जिल्ला सभापति अर्जुन कुमार पोख्रेल लगायत पनि समर्थन जनाउदै हाईवेमा उत्रेका थिए ।

अवरुद्ध राजमार्ग खुलाउन प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रहरी उपरिक्षक राजेन्द्र भट्ट लगायतको टोलीले भोलीपल्ट १३ गतेदेखि किसानहरुलाई भुक्तानी दिलाउने सहमतिमा राजमार्ग खुलाएर किसानको आन्दोलन समेत फिर्ता गराए ।

सहमति अनुसार बागमति खाडसारी चिनी मिलले ७२ लाख रुपैया र ईन्दिरा सुगर ईन्डष्ट्रिज चिनी मिलले ४० लाख रुपैया मात्र किसानहरुलाई भुक्तान गरे । एक/दुइ मात्र  भुक्तान गरेर मिलहरु फेरि चिनी नबिकेको बहाना गर्दै किसानहरुलाई टार्न थालेको समितिले गुनासो गर्यो ।

ऋण चुत्ता गर्न, घर व्यवहार मिलाउन र दशंै मान्न पैसाका लागि पुर्जी लिएर मिलमा धाई रहेका छन् तर मिलहरु किसानहरुलाई रित्तै हात फकाई रहेको उखु किसान विस्मिल्लाह अंसारीले दुखेसो पोखे । हिन्दु समुदायका चाँडबाड नजिकिदै जाँदा पर्व कसरी मान्ने भनि उखु किसानमा चिन्ता समेत समाएको छ ।

मिलले दैनिकी भुक्तानी गर्ने सहमतिमा आन्दोलन समेत फिर्ता गराए तर फेरि उहि चरित्र देखाउन थालेको किसानले गुनासो गरे । किसानहरु पुर्जी भजाउन मिलमा धाउने गरेका छन् तर मिलहरु चिनी विकेन भन्ने बहाना गर्दै फर्काउने गरेको किसान अंसारीले बताए ।

जिल्लामा संचालित बागमति, ईन्दिरा र लुम्बिनी चिनी मिलबाट उखु किसानले ४४ करोड रुपैया भुक्तानी अझै लिन बाकी रहेको उखु उत्पादन कृषक समतिका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।

अध्यक्ष यादवले भने, हाईवे अवरोध गरेका दिन उखु किसान, चिनी मिल र प्रशासन बिच दशंैसम्मा भुक्तानी गरेर किसानको सबै बक्यौता रकम भुक्तानी गर्ने सहमति भयो तर मिलहरुले एक दिनमात्र भुक्तानी गरि चुपचाप भैसके जस तर्फ प्रशासनले पनि ध्यान नदिएको अध्यक्ष यादवले गुनासो गरे ।

यता सरकारले ५ दिन भित्रै उखुको बक्यौता रकम भुक्तानी गर्न सबै मिलहरुलाई निर्देशन दिएको छ । दशंै अगावै ५ दिन किसानहरुको सम्पुर्ण बक्यौता रकम भुक्तानी नदिने मिललाई कार्वाही समेत गर्ने गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी देन्वेन्द्र लामिछानेले चिनी मिलहरुलाई फेरि दबाब दिएर भुक्तानी शुरु गराउने बताएका छन् भुक्तानी नगर्ने मिललाई कार्वाही समेत गर्ते चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here