खेलाडी,रामग्राम मेयर कप जिते तर पुरस्कार पाएनन्

परासी, २३ असोज । रामग्राम मेयर कप जितेको बर्ष दिन वितिसक्दा पनि पुरस्कार नपाएको खेलाडीहरुले गुनासो गरेका छन् । गत आ.व.मा भएको रामग्राम मेयर कपका बिजेता खेलाडीहरुले घोषित पुरस्कार रकम नपाएपछि खेलाडीहरु रामग्राम नगरपालिकाका उप–मेयर रम्भा कुँवरलाई गुनासो गरेका हुन् ।

नगरपालिकाले गतबर्ष फुटबल खेललाई मेयर कपको रुपमा घोषणा गरि रामग्राम १२ पचगाँवा स्थित खेल मैदानमा साझा युवा क्लबले गराएको मेयर कपको १ लाखको पुरस्कार रासी अहिलेसम्म नपाएको बिजेत क्लबले गुनासो गरेको हो ।

मेयर कपको पुरस्कार रकम रामग्राम नगरपालिका र सम्बिन्धित वडाले ब्यहोर्ने गरि गराइएको थियो । मेयर कप खेलको उदद्दाटन र समापन नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले गरे । खेल सकेको बर्ष दिन वित्न लाग्दा पनि पुरस्कार राशी बिजेता खेलाडी एवं क्लबले नपाएको क्लबका उपाध्यक्ष लक्ष्मण यादवले गुनासो गरे ।

खेलाइएको मेयर कप फुटवलको पुरस्कार राशी नगरपालिकाबाट भुक्तान भैसकेको छ तर बिजेता क्लबले नपाएको गुसो आएपछि आयोजक क्लब माथि शंका हुन थालेको उपमेयर कुँवरले बताईन् ।

यही नगरपालिकाले कबर्ड हलका लागि लाखौ रुपिया निकासा दिएको छ । कबर्ड हलमा ब्याडमिन्टल खेल्न प्रशासकिय अधिकृत देखी कर्मचारी र भिआई समेत जाने गरेका छन् ।

त्यसका लागि लाखौ लाख लगानी गर्ने नगरपालिका हामी युवाहरुको रुचीको खेत फुटवलका लागि घोषणा गरेको पुरस्कार रकम पनि दिन र दिलाउन नसकेको यादवले आरोप लगाए । निकासा भएको रकम पनि कस्ले खायो त्यसको पत्ता लगाउन पनि सकेको छैन् घाोषणा भएको रकम दिलाईदिनका लागि उनीहरुले उपमेयर कुवँरसंग आग्रह गरे ।

Related articles

नेपाल–भारत मैत्री बस तस्करीका सुरक्षित माध्यम

काठमाडाै, २९ साउन ।  नेपाल–भारतमैत्री बसमा तस्करी हुने गरेको पाइएको छ । नेपाल–भारत चल्ने यात्रुवाहक बसमा कडाईका साथ जाँच नहुँदा तस्कर र अपराधिका लागि सुरक्षित माध्यम बनेको छ । बैशाखमा नयाँदिल्लीबाट भैरहवा नाका हुँदै काठमाडौँ जाँदै गरेको ना ५ ख ७२४५ नम्बारको नेपाल–भारतमैत्री बसलाई सशस्त्र प्रहरीले कैलालीस्थित कड्डा चौकी नाकामा जाँच गर्दा विस्फोटक पदार्थमेत फेला […]

महेसपुर मुल भन्सारको राजस्वमा ओरालो किन?

परासी, २२ पुष । यसै आर्थिक बर्षमा स्तरोन्नती भएको जिल्लाको महेशपुर भन्सारमा मंसिरमा पनि भन्सार राजस्व ओरालो लागेको छ । असोज महिनामै झण्डै एक करोड राजस्व संकलन भए पनि कातिक महिनामा ४० प्रतिसत राजस्व ह्रास भएको थियो भने गत मंसिर महिनामा झनै घटेर ओरालो तर्फको गएको भन्सार कार्यालयले जनाएको हो । बर्षौ देखी स्थानिय उद्योगी […]