परासी, २३ असोज । परासी महेसपुर सडकमा निर्माणाधिन सामाग्रीको डम्ङ्गिले बाटो खुम्चिदै गएको समाचार पटक पटक बाहिर आईरहदा पनि प्रशासन र सम्बन्धित निकाय मौन बसेको छ । फराकिलो बाटोको छेउछाउमै निर्माण समाग्री राखिएको र पसल थापिएकाले बाटो सांगुरिदै गएको छ जसकारण सवारी साधन गुडाउन र यात्रुलाई यात्रा गर्न अप्ठयारो भएको गुनासो गरेका छन् ।
सरकारले उक्त बाटोमा सडकको बिचोबिच भागबाट दुवै तर्फ ५० फिट जग्गा छोडि घर निर्माण गर्ने तथा सरसमान राख्ने मापदण्ड बनाएपनि स्थानियहरु पुरै जग्गा कभर गर्दै बाटोको छेउछाउ समेत क्याप्चर गर्न थालेको पाइएको छ । जिल्लाको रामग्राम नगरपालिकाको बैरिहवाँ चोक, उजैनी चोक, पाल्हीनन्दनको बेलासपुर, कुश्मा, पर्सिया, हरपुर र मेहसपुर नाकामा समेतमा बाटो क्याप्चर गर्ने कार्य बढदै गएको छ ।
नियहरु बाटोको छेउछाउमा निर्माण सामाग्री, गिट्टीबालुवा, ढुङ्गामिस्कट, फुतपाते पसल पान टंकी, कबाड, परालभुस, राख्ने कार्यले बाटो चुम्चिदै गएको छ । बाटो छेकिने गरि राखिएको सरसमानले सवारी साधन आवत जावत गर्न निकै कठिनाई भैरहेको सवारी चालकहरु बताउँछन् ।
चालकहरु भन्छन् बाटो साँगुरिदै जाम हुन थालेको छ । विपरित दिशााट आउने सवारी साधनलाई साईड दिन कठिनाई भैरहेको छ । रातीको समयमा त बाटोको छेउछाउमा राखिएका सरसमान नदेखिएर गाडी ठोकिन पुग्ने गर्दछ, यसरी टु–लेनको सडकलाई स्थानियहरुले बाटो अतिक्रमण गरि १–लेनको बनाई दिएपछि दुर्घटनाको जोखिम बढन थालेको चालकहरु गुनासो गरेका छन ।
यतिमात्र होईन पुर्वपश्चिम राजमार्ग, हुलाकी सडक, महेसपुर त्रिवेणी सडक, बर्दघाट त्रिवेणी सडक सहित विभिन्न भित्री सडकको हालयत पनि यस्तौ छ । यस तर्फ सम्बन्धित निकायको ध्यान पटक्कै देखिन्छ । साँगुरिदै गएको बाटोलाई सरसमान हटाई फराकिलो गराईदिन चालकहरु जिल्ला प्रशासन, सडक डिभिजन कार्यालय र स्थनिय तह संग आग्रह गरेका छन् ।