महेसपुर, २२ असोज । महेसपुर भन्सार कार्यालयले ढाई महिनामा डेढ करोड रुपैया राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिना देखि असोज १९ गते सम्ममा १ करोड ५५ लाख ७५ हजार २८६ रुपैया राजस्व सकंलन गरेको जनाएको छ ।
कार्यालयले असोज महिनाको १९ गतेसम्म मात्र ६१ लाख रुपैया राजस्व उठाएको छ । यो राजस्व अरु महिनाको तुल्नामा बढि देखिएको छ ।
महेसपुर भन्सार श्रावण महिनादेखि मुल भन्सार भएपनि राजस्वमा संकलनमा बृद्धि भने हुन सकेको छैन ।
भन्सार मुल भएपनि यस नाकामा व्यपारी र कारोबारको चार्मिङ्ग भने कमै देखिएको छ । यस नाकामा सिमा पारी र वारी फराकिलो बाटो र क्वारेन्टाईनको समस्याले ठुला व्यपारीहरु आउन हिच्किचाएको हुन सक्ने कार्यालयको अनुमान छ ।