परासी, २२ असोज । शसस्त्र प्रहरी बल नेपाल गण २६ नवलपरासीले यात्रुलाई सहयोग गर्न सिमामा हेल्प डेस्क स्थापना गरेको छ । शसस्त्र प्रहरी बलले जिल्लाको मुल नाका महेसपुर, सानो नाका झुल्नीपुर र त्रिवेणी नाकामा यात्रु सहायता केन्द्र स्थापना गरि सेवा प्रदान गरेको जनाएको छ ।
हिन्दु समुदायको महान पर्व बिजय दशंै, शुभदिपावली र छट पर्वलाई लक्षित गरि सिमामा यात्रु एवं उपभोक्ताको चहल पहल बढेकाले शसस्त्र प्रहरीले यात्रु एवं उपभोक्ताहरुलाई सहयोग र सहजीकरण गर्न हेल्प डेस्क स्थापना गरेको जिल्ल गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक गहार्धन राईले जानकारी दिए ।
एसपी राईले भने, यस्तो चाँडबाडका बेला नेपाली उपभोक्ता भारतीय सिमावर्ति बजारमा किनमेल गर्न आउने र भारतमा कामको सिल्सििमामा हरेको नेपाली कामदार घर फर्किने हुँदा सिमा भिडभाड बढने गर्दछ जसको सहायताका लागि यो हेल्प डेस्क स्थापना गरिएको जानकारी दिए ।
सिमाबाट ओहोर दोहोर गर्ने उपभोक्ता एवं जनतालाई सुरक्षा प्रदान गर्न र सिमा क्षेत्रमा भैरहेको चोरी तस्करी एवं अपराधिक क्रियाक्लाप नियन्त्रण गर्न शसस्त्र प्रहरीले प्रहरीको मोबाईल गस्ती एवं पैदल गस्ती समेत परिचालन गरि शान्ती सुरक्षा प्रदान गरिरहेको गणपति राईले जानकारी दिए ।
जिल्ला खुल्ला सिमाना भएकाले यस जिल्लामा विभिन्न स–साना नाकाहरु पनि छन् । खास गरि चाँडबाडका बेला छिमेकी राष्ट भारतीय सिमावर्ति बजार ठुठीबारी, बरगदवाँ, झुल्नीपुर, लक्ष्मीपुर, भंैसालोट, बहुआर जस्ता बजारमा सामान सस्तोमा पाउने भनि आशले नेपाली उपभोक्ताहरु सिमा क्षेत्रमा भिडभाड बढने गर्दछ जस मौकालाई छोप्दै अपराधि एवं तस्करहरु पनि सिमाबाट अवैध कार्य गर्ने सम्भावना देखिएकाले हेलप्ड डेस्कको स्थापना संगै सिमा प्रहरीको गस्ती परिचालन र कडा निगरानी समेत बढाइएको एसपी राईले बताए ।