परासी, २२ असोज । देशभरि संग राजपा नेपाल नवलपरासीले पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । राजपाका जिल्ला संयोजक मुकुरजी गिरीको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले राजपाको विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
राजपा नवलपरासीले प्रधान मन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देश चलाउन असक्षम रहेको आरोप लगाउदै सांसद रेशम चौधरीलाई सपथ खुवाउन, संविधा संसोधन गर्न, र राजपका कार्यकर्ता माथि लागेको झुठो मुद्दा फिर्ता लिन लगायतका माग राखेको थियो । राजपका माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत चेतावनी दिइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।