परासी, २२ असोज । सुस्ता भुमीको दर्जनों समस्या लिएर सुस्ताबासी सिंह दरबार डेलिगेशन पुगेका छन् । डेलिगेशन पुगेको सुस्तबासीहरु यतिबेला विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरु भेटघाटमा व्यस्त देखिएका छन् ।
केहि दिन अगाडी सुस्ताबासीहरुले गाउँमा घर–घर चन्दा उठाएर काठमाण्डौ सिंह दरबार डेलिगेशन पुगे । डेलिगेशनमा सुस्ता गाउँपालिकाले ४० हजार नगद सहयोग गरेको छ भने जिल्ला प्रशासन कार्यालयले विभिन्न मन्त्रालय संग समन्वय गर्ने कार्यमा सहयोग गरिरहेको जनाएको छ ।
सुस्ता भुमी बचाउन र सुस्ताको समस्या सामाधान गराउन गठित सुस्ता बचाउ अभियानको नेतृत्वमा सिंह दरबार डेलिगेशन पुगेको सुस्ताबासीहरु पालै–पालो गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रराष्ट मन्त्रालय, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्बन्धित मन्त्री र विभिन्न राजनितिक दलका नेता एव राष्ट्रिय सभाका अध्यक्ष लाई भेटेर सुस्ताको अवस्था र समस्याको बारेमा जानकारी गराएको अभियानका अध्यक्ष गोपाल गुरुङ्गले जानकारी दिए । सुस्ताको समस्या सामाधान गराउन सुस्ताबासीको ठुलो सपना छ ।
एक महिना अगाडी सुस्तामा फेरि जग्गा विवाद चुलिएको थियो सो विवाद लिएर सुस्ताबासी र भारतीय एसएसबी बिच झैझगडा समेत भएको थियो । जग्गाको विवाद लिएर पिडित भएका सुस्ताबासीहरु आफनो दुखेसो पोख्न केहि दिन अगाडी काठमाण्डौ डेलिगेश पुगेका सुस्ताबासीहरु आज प्रधानमन्त्री भेटेर घर फर्किने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
यस्ता छन् सुस्ताको समस्या
४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भुमी हाल सुस्ता गाउँपालिका ५ नारायणी नदी पारी भारतको विहार प्रदेश भंसालोटन बजार संग जोडिएको सिमावर्ति गाउँ हो । सुस्ता गाउँमा जग्गा अतिक्रमण, सिमा विवाद, नागरिकता, भौतिक पुर्वाधार, सुरक्षा, झोलुङ्गे पुल, टतबन्ध, खानेपानी, विजुली, बाटो घाटो, स्वास्थ्य लगायतका दर्जनांै समस्या छन् ।
सिमा विवाद र भुमी अतिक्रमण र नागरिकता लगायतका दर्जनों समस्या लिएर पटक–पटक राजधानी धाउदै गरेको सुस्ताबासी यस पटकपनि मन्त्रीहरुले आवश्वासन मात्र दिएको अभियानका उपाध्यक्ष आदम खानले बताए ।
समस्या सामाधानको आवश्वासनको पोको बोकेर घर फर्किन लागेको सुस्ताबासीहरुमा अझैपनि निराशा कायमै छ । सुस्ताबासी यस डेलिगेशन सहित १० भन्दा बढि पटक नै सिंह दरबार डेलिगेशन पुगेका छन तर एउटा समस्या पनि सामाधान नभएकाले सुस्ताबासीमा अझै पनि निराशा नै छाएको अभियानका उपाध्यक्ष खानले जानकारी दिए ।
सुस्तामा कुल ८५ घरधुरी छ । सो घरधुरीबाट ३ हजार १३३ जनसंख्या छ जसमध्ये २९५ जनाले मात्र नागरिकता पाएका छन । ९० प्रतिशत जनसंख्या अझै नागरिकता विहिन नै छ । ४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भुमी १४ हजार ५ सय हेक्टर क्षेत्रफल अतिक्रमण भईसकेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्रफल बनजंगल र विवादमा छ बाकी बचेको ७ हजार हेक्टर क्षेत्रफल मात्र सुस्ता गाउँलेले जोतभोग गरिरहेको उपाध्यक्ष खानेले बताए ।
नेपालमा जुनसकै पार्टीको सरकार आएपनि सुस्ताबासीको पिडा सुन्ने र आश्वासनको मलहम दलने बाहेक अरु केहि गरेको पाइएको छैन । सुस्ताबासीको समस्या सामाधान होला त भनि अहिले जनआममा फेरि प्रश्न उठीरहेको छ ।