देवदहमा पाँचौ राष्ट्रिय औधोगिक व्यापार मेला हुने 

0
255

देवदह, २२ असाेज । देवदह उधोग वाणिज्य संघ देवदह रुपन्देहीले पाँचौ राष्ट्रिय देवदह औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७५ गर्ने भएको छ । संघले आउँदो फागुन १८ गते देखी २९ गते सम्म देवदह मण्डपमा मेला गर्न लागिएको जानकारी आइतबार पत्रकार सम्मेलन मार्फत गराइएको छ । स्थानिय व्यवसायको प्रवर्धन गरी सो क्षेत्रका उधोगी व्यवसायीहरुलाई पोत्साहन गर्ने गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने मुख्य उद्धेश्यले मेला गर्न लागिएको जानकारी देवदह उधोग वाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालले आयोजित पत्रकार सम्मेलनमा वताए ।

साथै देवदह क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका भगवान गौतमबुद्धको मावली भावानीपुर क्षेत्र, राहिणी नदी, दह, कन्यामाइ, वैरीमाई, पाकरी वृक्ष, खयरडाँडा लगायतका धार्मिक महत्व बोकेका स्थानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउन मेलाले सघाउ पुग्ने विश्वास लिएको उनले वताए ।

आधुनिक प्रविधि तथा औधोगिक उपकरणहरुका बारेमा उधमी, व्यवसायी तथा कृषकलाई जानकारी गराउने, स्थानिय स्तरमा उत्पादित वस्तुहरुलाई प्रवर्धन गर्ने, कृषी तथा हस्तकलालाई विज्ञानिक र व्यवसायीक बनाउँदै “एक नगर एक उत्पादन” को अबधारणालाई अभिप्रेरित गर्ने, सुचना प्रविधिमा पहुँच विस्तार गरी समग्र देवदह क्षेत्रको उधोग तथा व्यवसायको विकासमा टेवा पुर्याइ राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी भित्राउन औधोगिक क्षेत्रको आधारशिलाको रुपमा स्थापना गर्न मेलाले महत्व राख्ने” ढकालले वताए । ३५० स्टल रहने भनिएको मेलामा ३ लाख दर्शका भित्राउने र १० करोड भन्दा बढी आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here