बजेट पचाउन खरिद गरिएको ह्युमपाईप बेवारिसे

0
288

परासी, २२ असोज । बजेट भ्याउन असार मसान्तमा धमाधम खरिद गरिएकोे ह्युमपाईप यतिबेला प्रयोग नभई बेवारिसे अवस्थामा फालिएको छ । ह्युमपाईपको काम नभएपनि गाउँपालिकाहरुले बजेट खर्च गर्न आर्थिक मासन्तको अन्तिममा पनि ह्युमपाईप खरिद गरि बेवारिसे बनाएका छन् ।

जिल्लाको सिमावर्ति पाल्हीनन्दन गाउँपालिका र केहि वार्डले ५ लाख भन्दा बढि बजेटको ह्युमपाईप खरिद गरि ठाउँ–ठाउँमा बेवारिसे बनाइएको एक कर्मचारीले बताए । खरिद गरिएको ह्युम पाईप मध्ये केहि ह्युमपाईप मात्र प्रयोगमा आएका छन तर अधिकांश ह्युमपाईप बेवारिसे खेत–खरिहानमा फालिएको प्रत्यक्ष देख्न सकिन्छ । बाढीको बहानामा पानी निकासको लागि ह्युमपाईपको आवश्यक्ता देखाउदै खरिद गरिएको ह्युमपाईप पयोग किन भएन? भनि स्थानियले गाउँपालिकालाई प्रश्न गरेका छन् ।

सो बारे प्रतिक्रिया दिदै गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारले भनिन, ‘कहाँ के हुदैछ मलाई थाहा छैन‘ भन्दै अनविज्ञता प्रकट गरिन् । गाउँपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को बजेट खर्च कहाँ गर्ने भन्दै कमिसन आउने तिर नै ध्यान दिदा यस्तो आवश्यकता विनाको सामान खरिद गरेको थियो । खरिद गरिएका ह्युम पाईप व्यवस्थापन पनि गर्न सकिएको छैन जुन केहि वार्डमा र कहि खेतमा फालिएको अवस्थामा पाइएको पाल्हीनन्दन गाउँपालिका ३ कुस्माका हरिहर चौहानले बताए ।

चौहानले भने, बजेट भ्याउने नाँउमा यस्तो जथाभावी खर्च गर्नु रकमको दुरुपयोग भएको छ, जहाँ तही ह्युमपाईप फालिएको छ, तर त्यसको उपयोग भएको छैन् । अब यो बर्ष पनि ह्युमपाईपको स्टिमेट गर्ने र तिनै ह्युमपाईप हाल्दै बजेट पचाउने खेल हुने सक्ने सम्भावना देखिएको चौहानले आरोप लगाए ।

गाउपालिका प्रशासन र लेखालाई पनि भ्याट बिल भए पुगि हाल्छ, काम होस वा ति समानको दुरुपयोग होस त्यस तर्फ ध्यान गएको छैन् । लेखाकै सल्लाहमा कामै नहुने खालका समाग्रि खरिद गर्ने थुपार्ने काम भई रहेको चौहानको भनाई थियो । बेवारिसे अवस्थामा फालिएका ह्युम पाईप अहिले हरपुर, सनई, रम्पुरवा लागतको स्थानमा भेटाउन सकिन्छ । त्यस्तै सरवाल गाउँपालिका, प्रतापपुर र सुस्तामा गाउँपालकिामा पनि वेवारिसे ह्युमपाईपहरु भेटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here