मरिच तस्करको घरमा छापा मारी ३० बोरा मरिच बरामद : प्रहरीकै सेटिङमा हुन्छ मरिचको तस्करी

0
256

महेसपुर, २२ असोज । भारतीय सिमावर्ति बजार ठुठीबारीबाट ३० बोरा कालो मरिच बरामद भएको छ । भारतीय कस्टमले उत्तर प्रदेशको महराजगंज जिल्लाको सिमावर्ति बजार ठुठीबारी एक तस्करको घरमा छापा मार्दा ३० बोरा मरिच बरामद भएको हो ।

ठुठीबारी, निचलौल र नौतनवाँ कस्टमको संयुक्त टोलीले शनिवार साँझ विशेष सुराकीको आधारमा ठुठीबारीका नामी तस्कर मोनु सहानीको घरमा छापा मारी ३० बोरा मरिच बरामद गरेको हो ।

विगत लामो समयदेखि मरिचको कारोबार गर्दै आएको सहानीले व्यपारीहरुलाई विक्री गर्नको लागि घरमा स्टक गरेको ३० बोरा मरिचको सुराकी कस्टमलाई भएपछि कस्टमका सुपरिटेंडेट गोपाल पाण्डे, राज कुमार श्रीवास्तव, ईन्सपेक्टर लवलेश कुमार, प्रमोद तिवारी र मनोज तिवारी सहितको टोलीले सहानीको घरमा छापा मारी मरिच जफत गरेका हुन ।

छापा मारेर बरामद गरिएको उक्त ३० बोरा कालो मरिच आवश्यक कार्वाहीको लागि नौतनवाँ कस्टममा लगिएको ठुठीबारी कस्टमले जनाएको छ । बरामद मरिच लाखांै रुपैयाको रहेको बताइएको छ ।

विगत लामो समयदेखि नेपालबाट भारतमा सुपारी, मरिच, चामल, दाल सहित विभिन्न सामानको चोरी तस्करी गर्दै आएको सहानीलाई कस्टमले निशाना बनाई रहेको थियो । भारतको एसएसबी र कोवाली पुलिसलाई पैसा खुवाएर तस्करी गर्दै आएको सहानी ठुठीबारी बजारमा निकै मशहुर हुदै गएका थिए । कस्टमको निशानामा रहेको सहानी, कस्टमले छापा मार्दा फरार हुन सफल भए । नेपालमा सस्तो पाईने मरिच भारतमा मंहगोमा विक्री हुने भएकाले यसको भारतमा अवैध निकासी हुने गरेको छ ।

नवलपरासी जिल्लाको सिमा क्षेत्र भक्सीपुर बन्धा, गोपालपुर, महेसपुर र रम्पुरवाँ नाकाबाट मरिच सुपारीको तस्करी भैरहेको पाइएको छ । सिमा क्षेत्रमा दिनहुँ करिब सय बोरा मरिच नेपाल भारत प्रहरीको सेटिंगमा अवैध रुपले नेपालबाट भारत निकासी हुने गरेको छ ।

सिमा क्षेत्रका केहि व्यपारीहरुले घरमा मरिच स्टक गरि राती र दिउसो प्रहरी संग सेटिंग मिलाएर भरिया मार्फत साईकलमा लोड गरि अवैध तरिकाले भारत पठाउने गरेको एक श्रोतले जनाएको छ । यसको नियन्त्रण तर्फ प्रहरु प्रशासनको ध्यान त पर जाओस उल्टै तस्करी नै गराईरहेको आलोचना भैरहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here