सरावल ,२० असाेज । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ बालुवा टोलमा अाज सार्वजनिक सुनवाइ तथा अाश्रय स्थल हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं. ७ र ८ मा दलित र अति बिपन्न परिवारका लागि बाढी प्रभावित घरधुरीहरुकाे परिवारलाई बाढीकाे बेला अाश्रय दिने र बाढीकाे जाेखिमबाट बचाउने उद्देश्यले बनाईएकाे १७ वटा घर र १ वटा अाश्रय स्थल हस्तान्तरण र सार्वजनिक सुनवाइ कार्यक्रम प्रतापपुर गाउँपालिका ८ बालुवाटाेलमा अाज सम्पन्न हाे। युनाइटेड मिसन टु नेपालकाे सहयोगमा बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रम अन्तर्गत सेफर परियोजनाबाट निर्माण भएकाे घर र अाश्रय स्थल २०७५ बैशाख १ गते बिकल्पकि अध्यक्ष कबिता ज्ञवालीकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख अातिथ्यतामा उद्घाटन गरिएको थियो।
खासगरी लक्षित समुदाय जस्तै बाढी प्रकोपबाट प्रभावित घरदुरी,आर्थीक अवस्था कमजोर भएका, अपाङ,बालबालिका,एकल महिला बृद्धबृद्धा र गाँस, बास र कपासको समेत समस्या रहेको अति बिपन्न र मुसहर बस्तीमा ७ दिनकाे डकर्मी तालिम सन्चालन गरि ती समुदायका ब्यक्तिहरुलाई साे घरहरु निर्माण गरिएको हुनाले त्यहाका गरीब ब्यक्तिमा अहिले निकै परिर्वतन देखा परिसकेकाे र सो ठाँऊमा आश्रय स्थल निर्माल भएपछि बिभिन्न सामाजिक कार्यमा टेवा पुग्ने स्थानियहरुले बताएका छन ।
गत साउन महिनामा गएको ठुलो बाढीबाट भएको क्षतिमा त्यहाँका ब्यक्तिहरुले निकै सास्ती भाेगेकाेले प्रतापपुर गाउँपालिकाकाे समन्वय सहकार्यमा युनाइटेड मिसन टु नेपालकाे सहयोगमा बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रम अन्तर्गत सेफर परियोजनाबाट प्रतापपुर गाउँपालिका वडा नं. ७ पर्सा टाेलमा ८ वटा घर त्यस्तै वडा नं. ८ फट्किटाेलमा ८ वटा घर र बालुवा टाेलमा १ वटा घर १ वटा अाश्रय स्थल बिकल्पबाट ४९ लाख ९७ हजार ६ सय ९ रुपैया र प्रतापपुर गाउँपालिकाबाट १३ लाख ३७ हजार ३ सय ५६ रुपैयाकाे लागतमा उक्त घरहरु निर्माण गरी हस्तान्तरण गरिएको छ।
सार्वजनिक सुनवाइ तथा अाश्रय स्थल हस्तान्तरण कार्यक्रम बिकल्पकी अध्यक्ष कबिता ज्ञवालीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अातिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिका उपप्रमुख अन्जु कुमारी चौधरी, वडाध्यक्ष राम हरि उपाध्याय,कादिर अलि अन्सारी, हरेन्द्र यादव,जिल्ला समन्वय समिति सदस्य बजरंगी कोईरी,युनाइटेड मिसन टु नेपालका नबिन मुक्तान बिशाल बाबु श्रेष्ठ,सुरज सुनार,बिकल्पकी सपना खडका ,चेतनराण चाैधरी ,गाेबिन्द ज्ञवाली रामनगिना गुप्ता, कमला फुन्देल र पत्रकार तथा स्थानीय बासिन्दा लगायतहरुको उपस्थिति रहेको थियो ।