जोश जाँगरका साथ काम गर्न शिक्षकलाई सुनवल नगर प्रमुख थापाको आग्रह

0
329

सुनवल,१८ असाेज । सुनवल सामुदायिक सिकाई केन्द्र सुनवल नवलपरासीको पाँचौँ वार्षिक साधारण सभा तथा विद्यालयलाई उपहार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षता तथा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नगर प्रमुख थापाले शिक्षाको विकास, सुधार र सवैको शिक्षामा पहुँच नहुँदा सम्म सम्मृद्ध सुनवल सम्भव नरहेकोले शिक्षालाई नगरपालिकाले विशेष जोड दिएको बताउनुभयो ।

उहाँले दशैँ अगाडि नै नगर शिक्षा ऐन लागू गरी कडाईका साथ लागिने भन्दै उहाँले गुणस्तरीय शिक्षा दिन आग्रह गर्नुभयो । त्यसका लागि देखिएका समस्या समाधान गर्न र आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको पनि उहाँले बताउनुभयो । जोश जाँगरका साथ काम गर्न शिक्षकलाई पनि उहाँले आग्रह गर्नुभयो ।

सुनवल सामुदायिक सिकाई केन्द्रले शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय र सुनवल नगरपालिकाको सहयोगमा साक्षरता अभियान, साक्षरता कक्षा, निरन्तर शिक्षा, प्रौढ शिक्षा, उद्यमशिलता व्यवसायिक तालिम, सहकारीहरुमा विपन्नको पहुँच र आर्थिक उपार्जन, वातावरणमैत्री अभियान सन्चालन गर्दै आएको सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सुनवलका ५५ वटा सामुदायिक तथा निजी विद्यालयहरुलाई उपहार प्रदान गरिएको थियो । सो अवसरमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य थानप्रसाद गैरे, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने, पुर्व प्राध्यापक हुमकान्त पाण्डे, नेपाल शिक्षक महासंघ सुनवल नगर अध्यक्ष बाबुराम पाण्डे, नेपाल पर्यटन पत्रकार महासंघका जिल्ला अध्यक्ष मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको सिकाई केन्द्रकी सचिव शान्ता भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here