श्रम शोषणको विरोधमा पेप्सी कम्पनीमा मजदुरले लगाए ताला

0
368


परासी, १८ असोज । श्रम शोषणको विरोधमा मजदुरले पेप्सी कम्पनीमा तालाबन्दी गरेका छन् । नवलपरासीको रामग्राम नगरपालिका १० नदवाँ स्थित रहेको बरुण भेबरेज नेपाल प्रा.लि. पेप्सी कम्पनीमा कार्यरत मजदुरहरुले श्रम शोषणको विरोध गर्दै बुधबार तालाबन्दी गरेका हुन् ।

पेप्सी कम्पनीले स्थानिय संगको सम्झौता अनुसार स्थानिय कामदार नराख्ने, उचित तलब नदिने, नियुक्ती पत्र पनि नदिने र चाहिएको बेला कामदार राख्ने निकाल्ने कार्य प्रति असन्तुष्ट भई मजदुरहरुले कम्पनीमा तालाबन्दी गरेका रामलखन बेलदारले बताए ।

पेप्सी कम्पनीमा हाल करिब ३ सय जना प्राविधिक र अप्राविधिक मजदुर कर्मचारी कार्यरत छन् । जसमध्ये करिब २ सय ५० जना लेबरमा काम गर्दै आएका छन् । कम्पनीले ८ घण्टाको ठाउँमा १२ घण्टा काम लिएर प्रतिलेबर १२ घण्टाको ५९२.५० पैसा ज्याला दिदै आएको छ जुन मासिक १७ हजार ७७५ रुपैया हुन्छ ।

सरकारले प्रतिदिन ८ घण्टाको दरले मासिक १४ हजार ५ सय रुपैया तलब निर्धारण गरेको छ जस दर अनुसार १२ घण्टाको मासिक २१ हजार ७५० रुपैया तलब हुन्छ तर मजदुरहरु कम्पनीमा १२ घण्टा काम गरेर मासिक ३ हजार ९७४ रुपैया श्रम शोषणमा पर्दै आएको मजदुरहरुले आरोप लगाए ।

कम्पनीले मजदुरहरुलाई दिईने तलबमा १ प्रतिशत टिडिएस काटछ र मजदुर आपुर्ति गराउने मेनपावर कम्पनीलाई प्रति घण्टा ८ प्रतिशत कमिशन दिने गरेको छ जुन कमिशन हाम्रै तलबबाट काटेर दिने गरेको बुझिन्छ । कम्पनीमा मजदुर आपुर्ति गर्न मनकामना, भिएसएस, राजपुत, चण्डेश्वरी र केयर जब लगायतका मेनपावर कम्पनीहरु भिडेका छन् ।

कम्पनी मार्फत काम गर्दा मजदुरलाई बाध्य गराएर ८ घण्टाको ड्युटीको सट्टा १२ घण्टा काम लिइने गरिएको छ । त्यसमा पनि मजदुरको ज्यालाबाट १ प्रतिसत रकम टिडिएस उद्योग काट्ने र बाकी रकम मेन पावर कम्पनीले काट्ने गरेको छ । यो त औपचारिक ठगि हो, भन्दै आफुहरु श्रम शोषणमा परेको बेल्दारले बताए ।

उद्योग सञ्चालन गर्दा कम्पनीले स्थानियलाई रोजगारी दिईने जनाए पनि अहिले मेन पावर कम्पनी मार्फत कामदार लिन थाल्दा मजदुर श्रम शोषण र ठगिमा परेको पछि आन्दोलित भएको बताएका छन् ।

पटक पटक श्रम शोषण र बाहिर मजुदर भर्नाको विवादमा पर्दै आएको यस कम्पनीमा लगाइएको तला खोल्न र कम्पनीमा चुलिएको विवाद बुझन जिल्ला प्रशासन कार्यालयमा बसिएको दुई पक्षिय बार्ता टोलीले एक छानविन समिति बनाई प्रतिवेदन पेश गर्ने निष्कर्षमा पुगेको हो । अहिले उद्योग र मजदुरको विवाद मिलाउन ४ सदस्यि टोली गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here