परासी, १६ असाेज । गैँडाकोटकोमा सडक कर उठाउदै अाएकाे कर संकलन केन्द्रमा स्थानीयले आगजनी गरेका छन् । गैडाकाेट नगरपालिकाकाे जय श्री स्थित रहेकाे कर संकलन अस्थायी केन्द्रमा स्थानिय अाक्राेशित भइ अागजनी गरेका हुन्र ।
यसअघि स्थानीयलाई सवारी करमा छुट दिँदै आएको उक्त केन्द्रले एकाएक स्थानिय सवारीमा पनि कर उठाउन थालेपछि स्थानीयले आगजनी गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
मंगलबार दिउँसो समूहमा आएका युवाहरुको समूहले त्यहाँ तोडफोड गरी आगजनी गरेका हुन् । एक लाख ७५ हजार रुपैयाँ लगेर आगो लगाएर भागेको ठेकेदार नीति राईको आरोप छ ।
असोज १४ गते निती राईको सुनकोसी कन्ट्रक्सनले कर बाहेक ८ करोडमा ठेक्का पाएको थियो । तोडफोडबाट कार्यालयको सीसी क्यामरा, दराज, कम्प्युटर कुर्चीहरु, झयाल ढोका र नगदी रसीद पूर्णरुपमा क्षति भएको र त्यसबाट पाँच लाख बराबरको नोक्सान भएको राईले दाबी गरे ।