परासी, १३ असाेज । सुनवल नगरपालिकाले आफ्नो नगर भित्रका सामाजिक सुरक्षा भत्ता बुझ्ने ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकको सुबिधाका लागि निशुल्क स्वास्थ्य शिबिर जारि रहेको छ । जस अन्तरगर्त आज तेस्रो दिन वडा नं २ र ९ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
सुनवल नगरपालिकाको आयोजनामा भएको जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविरमा वडा नं २ मा ३३ जना महिला र ५७ जना पुरुष गरि जम्मा ९० जनाले स्वास्थ्य लाभ लिएका छन् भने वडा नं ९ मा महिला १६ जना र पुरुष ३० जना गरि जम्मा ४६ जना ले स्वास्थ्य सेवा लिएका छन् ।
सम्बन्धित वडा कार्यालय भवनमा भएको उक्त स्वास्थ्यशिबिर मा स्वास्थ्य कर्मिहरुले कुल १३६ जनाको स्वास्थ्य परिक्षण गरेको सुनवल नगरपालिकाका स्वास्थ्य संयोजक चुरामणि नेपालले जानकारि दिनुभएको छ ।
यस्तै भोलि वडा नं १ र वडा नं ६ को वडा कार्यलय भवनमा निशुल्क स्वास्थ्य शिबिर सन्चालन हुने हुदा सम्बन्धित वडा का जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षण गराउनुहुन सुनवल नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।