सरावल गाउपालिकामा खुल्ला कपर्दी प्रतियोगिता सुरु

0
335

परासी, १३ असाेज । सरावल गाउपालिका वडा नम्बर ६ कुर्थावलमा शनिबार देखी सुरु खुल्ला कपर्दी प्रतियोगिता सुरु भएको छ । सरस्वती ज्ञान कृषी समुह सरावल ६ कुर्थावलको आयोजना तथा सरावल गाउपालिकाको सहयोगमा उक्त प्रतियोगिता सुरु भएको हो ।

समुहका अध्यक्ष शुरेष यादवको अध्यक्षता, वडा न्म्बर ६ का वडाध्यक्ष कैलाश यादवको प्रमुख आतिथ्यता तथा महेशपुर मुनलाइट सेकेण्डरी स्कुलका सस्थापक रविन्द्र प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सुरु भएको कार्यक्रमको अतिथिहरुमा वडा सदस्य नेम नारायण यादव, युवा नेता महेन्द्र जैसवाल, मन्टु खत्री, दिवाकर यादव लगाएत रहनुभएको थियो ।

सो अवसरमा कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि यादवले कपर्दी जस्ता खेलकुद प्रतियोगिताहरुबाट स्थानिय स्तरमा रहेका खेलाडी प्रेमीहरुलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग पुग्ने जिकिर गर्दै आगामी दिनमा पनि यस्ता खेलकुदलाई निरन्तरता दिदै जाने बताउनुभयो ।

त्यस्तै कार्यक्रम्को विशिष्ट अतिथिको रुपमा रहनुभएका शर्माले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो । समुहका तबारक धुनियाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी रामसल यादवले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here