सांस्कृतिक कार्यक्रम तेलहामा सम्पन्न

0
314

परासी, १३ असाेज । सितल आमा समुह बर्दघाट १५ तेलहा पश्चिम नवलपरासीको आयोजनामा थारु जीतीया सांस्कृति परम्परा यथार्थ पहिचान संरक्षण प्रवद्र्धन करेके हमार अभियान भन्ने नाराका साथ जीतीया पर्वको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम शनिबार तेलहामा सम्पन्न भएको छ ।

समुहकी अध्यक्ष खेम कुमारी गुरौको अध्यक्षता, थारु कल्याणकारी समितिका जिल्ला अध्यक्ष मुन्द्रीका चौधरीको प्रमुख आतिथ्यता तथा थारु कल्याणकारी समितीका जिल्ला सल्लाहकार खिरी नारायण चौधरी र सुस्ता गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक कुमार चौधरीकोे विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १५ का वडा सदस्य खिलप्रसाद चौधरी, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश कुमार न्यौपाने, प्रतापुर गाउपालिका वडा नम्बर २ का समाजसेवी अखिलानन्द चौधरी, इलाका प्रहरी चौकी सेमरीका इन्चार्ज प्रमोद केसी लगाएतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो ।

कार्यक्रममा शनिबार ४० टिमको प्रस्तुति रहेकोमा ४० वटै टिमले थारुहरुको समुदायमा लोप हुन लागेको झमटा लोक गित, झुमरा नाच, लाठ्ी नाच, बधाउ गित, विरुहुनी गित लगाएतका सांस्कृतिक थारु झलकहरु प्रस्तुत गरेका थिए । समुहकी सचिव राधा कुमारी चौधरीको स्वागत मनत्व्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समुहकी सहसचिव प्रतिमा चौधरी र सदस्य हेम कुमारी चौधरीले गर्नूभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here