परासी, १३ असाेज । तमु विद्यार्थी छोज्दी बर्दघाट नगर समितिको आयोजनामा शनिबार एक कार्यक्रमका बीच दाउन्नेदेवी ईकाई छोज्दी विद्यार्थी र शितल बस्ती ईकाई छोचदी विद्यार्थी छुट्टाछुट्टै गठन गरिएको छ ।
तमु छोजदी बर्दघाट नगर ईकाइका अध्यक्ष डोल्मा गुरुंगको अध्यक्षता, तमु ह्युला छोचदी जिल्ला कार्य समितिका सचिव ईन्द्र गुरुंगको प्रमुख आतिथ्यता तथा विद्यार्थी छोचदी जिल्ला कार्य समितिका अध्यक्ष रमेश गुरुंग, थारु कल्याणकारी जिल्ला कार्य समितिका सदस्य दुर्गा पजिंयार, तथा सुबेच्छा सहकारी सस्थाका अध्यक्ष भवन प्रसाद धवलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दिपिका गुरुंगको अध्यक्षतामा ११ सदस्यिय शितल बस्ती ईकाई छोचदी विद्यार्थी समिति गठन गरिएको छ ।
त्यस्तै, अनिष गुरुंगको अध्यक्षतामा ५ सदस्यिय सदस्यिय दाउन्नेदेवीको ईकाई छोचदी विद्यार्थी समिति गठन गरिएको छ । कार्यक्रममा उपस्थित शितल बस्तीका ईकाई अध्यक्ष बेतन गुरुंग, जिल्ला कार्य समिति सह कोषाध्यक्ष बुधिम बहादुर गुरुंग गाएतका अतिथिहरुले नव गठित दुबै छोजदी विद्यार्थीका सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । तमु विद्यार्थी छोज्दी बर्दघाट नगर समितिका उपाध्यक्ष सम्झना गुरुंगको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव सागर गुरुंगले गर्नुभएको थियो ।