सरावलमा गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता

उमेश वि.क-

सरावल, १२ असाेज । नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ३ मा रहेकाे हिमालय युवा क्लब सरावलले ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिताको तयारी सुरु गरेको छ। सरावल गाउँपालिका वडा नं. ३ सरावलमा दशैकाे दिनसम्म आयोजना गरिने गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता असाेज १४ गते अाइतबार देखि सुरु भइ दशैकाे दिन सम्म सञ्चालन हुने छ ।

खेलकुद प्रतियाेगिताकाे तयारी स्वरुप विभिन्न समितहरु गठन गरिएको छ। युवाहरूलाई कुलतबाट बचाउन ,राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्न ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता सुरु गरिएको क्लबको अध्यक्ष नरेश फाैजदारकाे संयोजकत्वमा ११ सदस्यी मूल समिति र १५ वटा उपसमितिहरु गठन गरिएको छ।

सरावल गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष अणेन्द्र नाथ रायको प्रमुख अतिथ्यता तथा हिमालय युवा क्लबको अध्यक्ष नरेश फाैजदारकाे अध्यक्षतमा सम्पन्न भेलाले ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता गर्ने निर्णय गर्दै उपसमितिहरुको गठनगरेको हो।

युवाहरूलाई कुलतबाट बचाउन ,राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्ने उद्देश्य ले हुन लागेकाे उक्त खेलमा सरावल गाउँपालिका,रामग्राम नगरपालिका ,बर्दघाट नगरपालिका ,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिका गरि ३५ अाेटा फुटबल समूह सहभागी हुने अनुमान गरिएको क्लबका काेषाध्यक्ष धन बहादुर चाैधरीले जानकारी दिइएका छन।

खेलमा प्रथम पुरस्कार – रु ५० हजार ,मेडल ,प्रमाणपत्र तथा द्वितिय पुरस्कार – रु २५ हजार ,मेडल ,प्रमाणपत्र राखिएको छ। साथै कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले हिमालय युवा क्लबुकाे आयोजनामा हुन लागेको उत्त खेलकुदमा दशैकाे दिन थारुहरुका विभिन्न नृत्य जस्तै झमटा, झुमरा, झर्रा, लाठिनाच साथै दशैकाे मेलालाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Related articles

अनेरास्ववियू नवलपरासीद्धारा स्थानिय सरकारको ध्यानाकर्षण

गौरीशंकर जयसवाल-परासी २१ जेष्ठ । कोभिट भाईरसको न्यूनिकरण नहुदा सम्म नवलपरासी जिल्लाका कुनैपनि संस्थागत तथा सामुदायिक विद्यालयहरु शुचारु गर्न नहुने भन्दै अनेरास्ववियू नवलपरासीले जिल्लाका सातवटै स्थानिय सरकार र शिक्षा विकास तथा समन्वय ईकाइलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लाका सबै स्थानिय तहहरुलाई ध्यानाकर्षण पत्र बुझाएसंगै पत्रकार सम्मेलनको आयोजना गरेर सामुदायिक विद्यालयहरुमा क्वारेन्टाईन राखेर संस्थागत विद्यालयहरु […]

बाटोमा निर्माण सामाग्रीले परासी बजार अस्त व्यस्त

परासी, २८ भदौ । परासी बजारमा जता ततै बोटमा निर्माण सामाग्री राख्नाले बजार अस्तव्यस्त भएको छ । परासी बजारको मेन तथा भित्री सडकहरुमा राखिएकोे गिटीबालुवा, मिस्कट र सर–समाले सेवा ग्राही तथा यात्रुहरुलाई आवत जावत गर्न अप्ठयारो भए संगै बजार पनि अस्तव्यस्त भएको छ । पटक पटक नगरपालिकाले घरधनीलाई खसालिएको ढुंगा मिस्कट, गिटीबालुवा व्यवस्थित गर्न आग्रह […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *