ठेकेदारको बजेट पचाउने दाउ : अस्पताल निर्माणमा कमसल सामाग्री प्रयोग

0
298


परासी, १३ असोज । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणमा कमसल सामाग्रीको प्रयोग भएको पाइएको छ । अस्पतालको भवन निर्माणमा ठेकेदारले स्थानिय झरही खोलाको बालुवा र कमसल गिटी र पिएसी सिमेन्ट प्रयोग गरि बजेटमा अनियमिता गर्न खोजेको स्थानियले आरोप लगाएका हुन् । ठेकेदारले अस्पतालको दोश्रो तल्लाको फलोर ढलानमा (पिसीसी) स्थानिय झरही खोलाको माटो मिसिएको बालुवा र कमसल गिटी, कमजोर मसला र पिएससी सिमेन्ट प्रयोग गरि रहेको स्थानिय गौरी शंकर सहानीले आरोप लगाए ।

सहानीले भने, यस ठेकेदारले अस्पतालको भवन निर्माणमा पहिलापनि कमसल ईट्टा, बालुवा, छड र सिमेन्ट प्रयोग गर्दा ठेकेदारको चर्काे आलोचना र काम समेत रोकाइएको बताए । पटक पटक कमसल सामाग्री प्रयोग गर्दै आएको ठेकेदारले सम्बन्धित निकायलाई चुनौती दिदै अहिले पुनः कमसल मेटेरियल प्रयोग गरिरहेको पाइएको छ तर कुनै सम्बन्धित निकायले ध्यान नदिएको सहानीले बताए ।

कमसल सामाग्री प्रयोग भएको स्थानियले पटक पटक गुनासो गर्दै आएपनि ठेकेदारले अटेरी गर्दै आएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले उक्त तीन तल्ले अस्पताल भवन निर्माणका लागि ६ करोड ३९ लाख १२ हजार ६६४ रुपैयामा दि कन्चनजंगा कैलाश जे.भीलाई ठेक्का दिएको छ । २०७३ मंसिर २३ गते सम्पन्न गर्नु पर्ने सो ठेक्काको लागत स्टिमेट ८ करोड ५ लाख ४५ हजार २९० रुपैया रहेपनि ठेकेदार कम्पनीले करिब २ करोड रुपैया बिलोमा ठेक्का लिइएको थियो ।

ठेकेदारले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न नसेपछि अहिलेसम्म ३ पटक म्याद थप गराईसकेको छ । यसरी खुलेआम ठेकेदारल भवन निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरिरहदा भने जिल्ला प्रशासन, सहरी विकास सहित विभिन्न सम्बन्धित निकाय मौन बसेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here