सुनवल जेसीजकाे रक्तदान कार्यक्रम सम्पन्न

0
350

सुनवल, १२ असाेज । सुनवल जेसिस सुनवल नवलपरासीले जेसिसको बार्षिक एक्सन प्लान अन्तरगर्त आज सुनवल चौराहमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता सुनवल जेसिस बर्ष २०१८ का अध्यक्ष जेसि जिवन पौडेलको रहेको थियो ।

सुनवल जेसिसका कार्यक्रम संयोजक जेसि बिकास श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन महासचिव जेसि खडक रानाले गर्नुभएको थियो ।कार्यक्रममा जेसिसका पुर्व अध्यक्षहरुलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शर्माले रक्तदान जिवन दानको चर्चा गर्दै हरेक वर्ष सुनवल जेसिसले यस्तो पुन्य काम गरेकोमा धन्यबादन ज्ञापन गर्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभएको थियो। सो अवसरमा १७ पोँँइन्ट रगत संकलन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here