मिशन बैङ्कको १६ औं शाखा सुनवलमा

0
218

परासी, १० असाेज । वि.स. २०६७ सालमा केन्द्रिय कार्यालय रुपन्देहीको वुटवलमा रहने गरी स्थापना भएको मिशन डेभलपमेन्ट बैङ्क लिमिटेडको १६ औं शाखा नवलपरासीको सुनवलमा बुधवार समुद्घाट्न भएको छ । सो शाखाको उद्घाट्न सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीले गरेका हुन् ।

असोज १ गतेबाट बैङ्कले सुनवलमा कारोबार शुभारम्भ गरिसकेको भएतापनी औपचारिक उद्घाट्न भने बुधवार भएको हो । हाल रुपन्देही, नवलपरासी र कपिलवस्तु गरी तीन जिल्लामा आफ्नो शाखा विस्तार रहेका बैङ्कका पश्चिम नवलपरासीमा मात्रै २ शाखा सञ्चालनमा आइसकेको र यहि असोज महिना भित्रै परासी र महेश्वपुर गरी ४ शाखा विस्तार हुने तयारीमा रहेको छ ।

बैङ्कको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले आफुहरु सुनवल नगरपालिकालाई समृद्ध नगर बनाउने अभियानमा जुटेको वताउदै यस बैङ्कको विस्तारले नगरवासिको आर्थिक स्थिती समृद्ध बनाउन सहयोग पुग्ने विस्वाश व्यक्त गरे । साथै उनले यस बैङ्कले महिलाहरुलाई व्यवासायीक कृयाकलापहरुमा समावेश गरी उनिहरुको आर्थिक अवस्थालाई उकास्न महिला सिर्जनशिल लघुवित्त कार्यक्रम सञ्चालन गरेकाले नगरका दिदी बहिनिहरुको आर्थिक स्थिती सुधार्ने आफुहरुले लिएको लक्ष्यलाई यस बैङ्कको विस्तारले टेवा पुग्ने वताए ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष रहेका बैङ्कका अध्यक्ष लिलबहादुर केसीले नागरिकलाई सरल र सुलभ तरिकाले वित्तिय सेवा उपलब्ध गराउने र आर्थिक गतिविधिमार्फत उनिहरुलाई समृद्ध बनाउने निती आफुहरुले लिएको वताए ।

यस्तै कार्यक्रममा आफ्नो मन्तव्य प्रस्तुत गर्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेले सुनवलमा आफ्नो शाखा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्दै वित्तिय पहँुच नभएको अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने लक्ष्य आफुहरुले लिएको वताए । त्यस्तै कार्यक्रमका विशेष अतिथि उधोग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारीले पनि शुभकामना व्यक्त गर्दै बैङ्कले व्यवसायीहरुको व्यवसायलाई विकाश गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिए ।

विभिन्न वित्तिय स«घ संस्थाहरुको उपस्थितिमा सञ्चालन भएको कार्यक्रममा सुनवल शाखाका शाखा प्रवन्धक कृष्ण कार्कीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रधान कार्यालयका प्रवन्धक तथा कम्पनी सचिव विष्णु प्रसाद पोखरेलले गरेका थिए । मिशन बैङ्कले गत आर्थिक वर्षमा ४ अरब ३० करोड रुपैँया निक्षेप सङ्कलन गरेको त्यस्तै ३ अरब ३४ करोड रुपैँया कर्जा लगानी गरेको र १२ करोड ७६ लाख रुपैँया मुनाफा गरेको बैङ्कका बजार प्रवन्धक तथा सञ्चार बिभाग प्रमुख अर्जुन उपाध्यायले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here