बालमैत्री नगर घोष्णा गर्न यसरी पछाडी पर्दै रामग्राम नगरपालिका : स्थानियद्धारा आलोचना व्यहोर्दै

0
556


परासी, १० असोज । पश्चिीमी नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री स्थानिय शासन नगर घोष्णा गर्ने कार्यक्रम ६ महिनादेखि अलपत्र परेको छ । बालमैत्री नगर घोष्णा गर्ने कार्यक्रममा जनप्रतिनिधि र प्रशासकिय अधिकृतले चाँसो नलिदा ६ महिना देखी अलमलमा परेको छ ।

२०७४ साल मासन्त भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य लिएर अभियान चलाईए पछि पछिल्लो समयमा सो प्रति जिम्मेवारी लिईनेहरु पछाडी हटे हट्दा घोषणा अलपत्र परेको हो । नगरपालिका विभिन्न काममा ढिलाे पर्दै गएपछि स्थानियले नगरपालिकाकाे अालाेचना गर्न थालेका छन ।

२०७२ साल देखी नै बालमैत्रीका सुचक बनाई अभियान मुखी कार्यक्रममा युनिसेफ लगायतका संस्थाले करोडौ लगानी गरि सुचक पुरा गराउने कार्यमा लागेका थिए । ति मध्ये सबै सुचक २०७४ माघ महिना भित्रै पुरा भई सकेको थियो । त्यसैको आधारमा चैत्र महिनामा बालमैत्री घोषणा गर्ने तयारी गरिएको थियो ।

तर चैत्र महिना पछि बैशाख महिना भित्र घोषणा गर्ने मिति तय भयो । बैशाखमा पनि नभएर जेठ हुदै असार भित्र गर्ने नगरपालिकाको बालमैत्री शाखाले जानकारी गराएको थियो । असारमा बजेट भ्याउनु पर्ने भन्दै घोषणा रोकियो र साउन महिनामा जसरी पनि घोषणा गर्ने कुरा चलेको तर त्यो पनि अहिले सेलाएर गएको बालमैत्री स्थानिय शासन कार्यक्रमका फोकल ब्यतिm नगेन्द्र यादवले बताए ।

बालमैत्री घोषणाका लागि सुचकको अनुगम गर्ने कार्य जिससले जेठ महिनामै अनुगमन प्रतिवेदन उपलब्ध गराई सकेको छ । रामग्राम भन्दा ढिलो अनुगमन प्रतिवेदन सुनवल नगरपालिकाले असारमा मात्रै प्राप्त गर्यो,तर सुनवल बालमैत्री नगरपालिका घोषणा गरि नेपालमै पहिलो स्थान हासिल गर्यो ।

तर चाडै काम गरे पनि घोषणा गर्न नसक्दा पहिलो त के दोश्रो हुने पनि अवस्था रहेन् । गत महिनामै देउचुली नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्यो,तर रामग्रामले काम गरेर घोषणाकै पर्खाईमा बसि रह्यो । तल्लो तहका कर्मचारीले काम गरेरै के गर्ने ? नगरप्रमुख र प्रमुख प्रशासकिय प्रमुखले चाँसो नलिए पछि काम गरेर पनि जस लिन नसक्ने अवस्था देखिएको प्रति फोकल ब्यतिm यादवले नैराश्यता ब्यतm गरे ।

उनका अनुसार बालमैत्री घोषणा पश्चात त्यसलाई टिकाई राख्नका लागि माघ महिनामै सबै सरोकारवाला विच तिन दिइने कार्यशालाको आयोजना गरेर घोषणा पश्चात पाँच बर्षे बालमैत्री स्थानिय शासन समेत निर्माण भई सकेको छ । तर अहिलेसम्म घोषणा नै हुन सकेको छैन्, कसरी लागु हुन्छ रणनीतिक कार्यक्रम ।

रणनीति अनुसार केही संघ सस्थाले आफ्ना कामलाई निरन्तरता पनि दिएका छन् । तर नगरपालिका नै यसमा चाँसो नलिएको ति संघ संस्थाहरुले जनाए । जनप्रतिनिधि आए पछि केही होला भनेर आश गरेका संस्था र नागरिक समेत जनप्रतिनिधिको कार्यशैली देखेर निरासा ब्यतm गर्न थालेका छन् ।

यता बालमैत्री घोषणा कार्यक्रममा ढिलाईबारे प्रमुख प्रशासकिय अधिकृत दिनेश पन्तले कर्मचारी नभएर ढिलो भएको प्रतिकृया दिए । बालमैत्री घोषणा कार्यक्रमलाई अगाडी बढाउनमा प्रमुख प्रशासकिय अधिकृतले नै अग्रसरता देखाउनु पर्ने उपमेयर रम्भा कुवँरको भनाई थियो ।

उता मेयर नरेन्द्र गुप्ताले प्रमुख अतिथिको टुगोँ नलागेका कारण ढिलाई भएको सफाई दिदै आएका छन् । तर नगरपालिकाको प्रशासन शाखामा पनि प्रमुख प्रशासकिय अधिकृत बाहेक आर्को प्रशासकिय अधिकृत कार्यरत छन् । सरोकारवाला शिक्षा शाखामा पनि अधिकृत कार्यरत छन् । स्वास्थ्य शाखामा पनि जिम्मेवार कर्मचारी कार्यरत छन् । महिला शाखामा पनि कर्मचारी हाजिर नै छन् । अब कस्तो प्रमुख अतिथि चहियो ? र कस्तो कर्मचारी आए मात्र घोषणा गर्ने होला ? त्यसको जवाफ भन्ने मेयर र प्रमुख प्रशासकिय अधिकृतसंग छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here