परासी, १० असोज । नवलपरासीका केरा किसानहरुले केराको बजार व्यवस्थानका लागि सरकार संग माग गरेका छन् । नेपाली बजारमा भारतीय सस्तो केराको बिगबिगी बढेपछि नेपाली केराले बजार नपाएको चिन्ता व्यक्त गर्दै किसानहरु सरकार संग बजार व्यवस्थापन गरि दिन आग्रह गरेका हुन् ।
केरा किसानहरुले आत्मनिर्भरता बढाउन यतिबेला व्यवसायिक केरा खेती गरेका उन्मुख भएपनि उत्पादित केराले बजारमा उचित दरमा सहजै विक्रि वितरण हुन नसकेपछि किसानहरु चिन्तित बनेको केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवे बताए ।
अध्यक्ष यादवले भने, भारतमा थोकमा, प्रति केजी १० रुपैया पर्ने केरा नेपाली केराको तुल्नामा २० देखि २५ रुपैयासम्म सस्तो पर्दछ त्यसकारण व्यपारीहरु बढि मुनाफा लिने लोभमा भारतीय केरा नै नेपाली बजारभरि विक्री वितरण गर्दै आएका छन् । नेपाली केराको उत्पादन लागत बढि लागेकाले महंगोमा विक्री हुन्छ जसको प्रत्यक्ष फाईदा उठाउदै व्यपारीहरु भारतीय केरा नेपाल आयात गरि नेपाली केरालाई नै विस्थापित गरिदिएको अध्यक्ष यादले बताए ।
विगत १२ बर्षदेखि ४ विगाहा क्षेत्रफलमा व्यवसायिक केरा खेती गर्दै आएको सुस्ता गाउँपालिका ५ का बन्हुं खवासले केराको बजारीकरणमा समस्या भएकै कारण केराहरु गाउँ–गाउँ बेच्न परेको बाध्यता रहेको सुनाए । उनले भने, अहिले केरा खेतमै पाक्न थालेको छ समयमै बेचिएन भने कुहिएर जान्छ नेपालको मुख्य–मुख्य बजारमा यसको डिमान्ड छैन बाध्य भएर हामीले केरा खेतीको लागत निकाल्न आफनै सवारी साधनमा लोड गरि गाउँ–गाउँमा २५ रुपैया दर्जन विक्री वितरण गरिरहेको बताए । महान पर्व बिजया दशै नजिक आउन थाल्यो यतिबेला केराको बजार बढने हो तर भारतीय केराले हाम्रो केरालाई ओझेलमा पारिदिएको खवासले बताए ।
जिल्लामा कुल ७ सय ९० हेक्टेयर क्षेत्रफलमा व्यवासयिक केरा खेती गरिएको छ जसमध्ये गण्डक कमाण्ड क्षेत्रमा मात्र २५ सय विगाहा क्षेत्रफल केरा खेती छ । ७ सय ९० हेक्टेयर क्ष्ोत्रफलमा गरिएको केरा खेतीले यस वर्ष जिल्लामा १४ हजार मेट्रिक टन भन्दा बढि केरा उत्पादन भएको संघले जनाएको छ ।
केराको मुख्य पकेट क्षेत्र गण्डक कमाण्ड क्षेत्रका साविक गाविसहरु गुठीपर्साैनी, पक्लिहवा, जमुनिया, गुठीसुर्यपुरा, कुडिया, र भित्री मधेशका कावासोती, नारायणी, चोरमारा लगायतका क्षेत्रहरु हुन् । जिल्लामा कृषकहरुले टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड उन्नत जातका केरा खेती गर्दै आएका छन् जसको मुख्य बजार नारायण घाट, बुटवल, भैरहवाँ, पोखरा, काठमाण्डांै, मुग्लिङ्ग लगायतका बजारहरु हुन् ।
नेपाली केरा ति बजारहरु पु¥याउन सकिएको छैन कि भारतीय केराले मार्केटै डाउन गरिदिएको छ । भारतीय केरा रोक भनि स्थानिय व्यपारीहरुलाई भन्दा व्यपारीहरु किसानहरुलाई विभिन्न किसिमका दबाब दिदै आएका छन् । यसरी समस्यामा परेका यहाँका किसानहरुको समस्या सामाधान गरिदिन यहाँका सम्बनिधत निकायलाई किसानहरुले हार गुहार गरेका छन ।
केरा किसानहरुले यसै संचार माध्यम मार्फत केरा विक्री वितरण गर्ने व्यपारीहरुलाई नवलपरासीको किसानहरुको केरा खरिद गर्नका लागि आग्रह गरेका छन् । व्यपारीले भनेको ठाउँमा केरा किसानहरु होम डेलिभरी समेत गरिदिने जानकारी गराएका छन् । ९८५७०४५४९१– ९८४७०३०२११