रोजगार मुखी क्षेत्रमा लगानी गर्दै सुस्ता गाउँपालिका

0
258

सुस्ता, ९ असाेज ।  नवलपरासी सुस्ता गाउँपालिकाले खुद्रे योजना भन्दा ठोसर ठूला योजनामा लगानी गर्ने नीति लिएको छ । गाउँ गाउँबाट खुद्रे योजनाको माग भएपनि गाउँपालिकाले दिर्घकालिन,रोजगार तथा आयमुखी योजनामा लगानी गर्न लागेको हो । चालु आर्थिक बर्षदेखि नै अहिले पहिलो प्राथमिकतामाराखेर अतिक्रमणर प्रयोग विहीन जलासयलाई ब्यवस्थित गरी आय आर्जन हुनेर त्यसले स्थानिय स्तरमारोजगारी सृजना गर्ने योजनालाई महत्वका साथ नीति कार्यक्रम ल्याएर त्यसको लागि बजेट समेत विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

जसमा किसानलाई लक्षित गरि पोखरी निर्माणमा एक करोडरकम विनियोजनसंगै किसानलाईराहत हुने गरि शित भण्डार गृहको लागि पनि एक करोड विनियोजन भएको गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनीले बताइन् । चौधरीका अनुसार युवाहरूको लागि खेलमैदान निर्माण गर्नका लागि एक करोड रुपियाँ विनियोजन भएको छ । त्यसैगरि गाउँमै स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागिर नेपाल सरकारको नीति अनुसार प्रत्येक तहमा १५ सैयाका अस्पताल बनाउने लक्ष्यरहेकोले अस्पतालका लागि पनि एक करोड विनियोजन गरिएको छ ।
एक करोडको लगानी गरि स्थानिय छाडन घोललाई ब्यवस्थित गरि जलासय संरक्षणर वरिपरि पोखरी निर्माण गरेर मत्स्यपालनलाई जोड दिएको छ ।
नारायणी नदीसँगै जोडिएको उतm जलासय वरिपरी पोखरी बनाई ब्यवसायिक माछापालनमा स्थानीयलाई प्रोत्साहित गर्ने लक्ष्य लिई बजेट बिनियोजन गरिएको छ । उपाध्यक्ष थरुनीले भनिन्–‘एक करोडले यो बर्ष कम्तीमा २० हेक्टरको पोखरी निर्माण हुन सक्छ । त्यसमा कम्तीमा ५० जना कृषकहरूले प्रत्यक्षर अप्रत्यक्ष गरिरोजगारी पाउने छन् ।’

स्वदेशमै माछा उत्पादन गरेर भारतबाट आयात हुने बैखी प्रजातीको माछा यही उत्पादन गर्न सकिन्छ । जसले स्थानीयस्तरमारोजगारर आयको वृद्धिसँगैराष्ट्रिय रूपमा आयातलाई प्रतिस्थापन गरि ब्यापार सन्तुलनमा मद्दत गर्नेछ ।

नारायणी नदीसंगै जोडिएको उतm जलायसमा बाह्ै मास पानी हुनेर नारायणी नदीकै जलबायुसंग मिल्ने हुदा यो नेपाल भरी नै नारायणीको माछा ब्राण्डमा विक्रि वितरणमा समेत सहज देखिएको छ । यसले गदै खेर गईरहेको प्राकृतिक स्रोतको संरक्षणर अतिक्तम उपयोगमा ल्याउने गरि यो योजना अगाडी सारेका हौ, उपाध्यक्ष थरुनीले भनिन् ।

अर्को योजना शित भण्डार गृहको निर्माणरहेको छ । सुस्ता गाउँपालिका पहिला उखु उत्पादनकोराम्रो पकेट क्षेत्र मानिए पनि अहिले उखुको मुल्य भुतmानीले किसानले झेल्दै आएका समस्याका कारण केरा खेती तर्फ उन्मुख छन् । तर केरा बाली पनि एकै पटक उत्पादन हुने हुँदा बजारको समस्या देखिने गरिएको छ ।

त्यस कारण केरालाई शित भण्डार गृह भए धेरै दिनसम्मराखेर केरा विक्रि गर्न सक्ने हुदा हजारौ किसानलेराहत पाउने उपाध्यक्ष थरुनीको दाबी थियो । अहिले हजारौ हेक्टरमा ब्यवसायिक केरा खेती सो गाउपालिका भित्रै हुने गरेको छ । तर भण्डारण गर्न सक्ने स्थान अभावले किसान टेक्टरमाराखेर गाउँ गाउँमा विक्रि गर्न लैजाने बाध्यतारहेको छ । शित भण्डारले किसानको समस्या हल हुने हुदा केरा कृषकलाई प्रोत्साहन हुने ठोस योजना ल्याइएको उनको भनाई थियो । (साभारः बुटवल टुडे)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here