ट्रक र ट्याक्टर ठोक्किँदा चार घाइते

0
329

नवलपुर,६ असोज । नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिस किलोमा शनिबार बिहान ट्रक र ट्याक्टर एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ना ६ ख ७०२ नम्बरको ट्रक र लु १ त ७१६६ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँदा ट्याक्टर चालक नवलपरासी प्रतापपुर बस्ने ३२ वर्षका महेन्द्र दर्जी गम्भीर घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

 दुर्घटनामा परी ट्याक्टरमा सवार नवलपरासी प्रतापुर बस्ने ३२ वर्षका राजदेव चौधरी, २५ वर्षका थानेश्वर परियार र कावासोती–१६ बस्ने २५ वर्षका जीवन परियार घाइते भएका छन् । घाइते तिनै जनाको अवस्था सामान्य रहेको र उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here