सुनवल, ६ असाेज । माटज मेमोरियल इगंलिस एकेडेमि सुनवल ३ किर्तिपुर को ९ औ साधारण सभा तथा अधिवेसन शनिवार सम्पन्न भएको छ । बिद्यालय सन्चालक समति सदस्य कुल प्रसाद पौडेलको अध्यक्षता रहेको कार्यक्रममा शेयर सदस्य बासुदेव अर्याल,पुर्व सन्चालक समिति अध्यक्ष उमानाथ पोखरेल र थान प्रसाद गैरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सन्चालक समिति सदस्य भगवति कर्माचार्यको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा सम्पति मुल्याकन प्रतिवेदन समिति संयोजक छविलाल आचार्यले प्रस्तुत गर्नुभएको थियो भने आन्तरिक लेखा परिक्षण प्रतिवेदन समिति संयोजक ईश्वरि भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै बिद्यालयको बार्षिक प्रगति प्रतिवेदन बिद्यालयका प्रिन्सिपल थमन शेरचनले प्रस्तुत गर्नुभएको कार्यक्रमको सन्चालन संचालक समिति सदस्य मेघराज श्रेष्ठले गर्नुभएको थियो। उक्त अधिवेसनबाट उमाकान्त उपाध्यायको संयोजकत्वमा ५ सदस्यिय नया बिद्यालय सन्चलकसमिति गठन गरेको छ । जसको सदस्यहरुमा कुल प्रसाद पौडेल,भगवति कर्माचार्य,मेगराज श्रेष्ठ र सदस्य सचिवमा थमन शेरचन रहनुभएको छ।