बजेट खाने दाउ : पिच सडक माथि माटो र ग्राभेल

0
358

गाउँपालिका भित्रैकै मुख्य बजार बेलाटारी चाेकमै  हिलाम्मे  पिच सडक माथि ग्राभेल हालेकाे देखाउदै एक स्थानियले  भने, गाउँपालिकाले यही पिच महिना दिन अगाडी माटो हाल्यो, अहिले हिलो भन्दै ग्राभेल हालेको छ । जलनिकासको उचित ब्यवस्थापन गर्नुको सट्टा पिच सडक रहेको सतह देखी नै १५ लाख खर्चेर नाली निर्माण ग¥यो ।

नालीकाे जलनिकास नभएपछि अाेभर फलाे भएर पानी पिच सडकमा जमेर पिच सडक फुटी हिलाम्मे भएकाे अवस्थामा बाटाे ठिकठाक पार्न गाउँपालिकाले महिना दिन अगाडी माटाे हाल्याे तर बर्षाकाे पानी जमेर भनै बाटाे हिलाम्मे भयाे । बाटाे मर्मतका जन गुनासा बढेपछि गाउँपालिकाले ग्राभेल हालेकाे जनाएकाे छ । तर स्थानियले भने, पिच सडकमा पानी जम्मा भयो, पानी साेखाउन भनेर माटो हाल्यो, पानीमा माटो हाल्दा पिच सडक हिलाम्य भयो । अहिले हिलो हटाउन त्यसैमाथि ग्राभेल हालेर पिच सडक विगार्यो अहिले विरोध भएपछि फेरी ग्राभेल माथि अब बेस हालेर पिच गर्ने योजना अगाडी सारेको  अाराेप लगाए

सडक डिभिजन कार्यालयले तिन बर्ष पहिला पुरै सडक पिच बनाएको थियो । तर सोही पिच माथि बजेट खन्याएर गाउँपालिकाले बजेट भ्याउने योजना ल्याएको हो । बजारको जल निकास मात्रै ब्यवस्था मिलाई दिएको भए कुनै समस्या थिएन् । तर गाउँपालिकाका प्राविधिक र पदाधिकारीलाई बजेट कहाँ खन्याउने भन्दै बजारमा आफूले विकास गरेर सस्तो लोकप्रियता कायम राख्न पिच माथि माटो, त्यस माथि ग्राभेल हालेर पिच विगार्ने र अहिले फेरी पिच गर्न गाउँपालिकाकै बजेट खर्च गरेर बजेटको दुरूपयोग गरिरहेको स्थानिय बताउँछन् ।

गाउँगाउँका गल्लि र मुख्य निकासका सडक कच्चि छ, त्यहाँ ग्राभेल पुगेको छैन् । तर पिच सडक विगारेर फेरी बनाउने गाउपालिकाले बजार क्षेत्रमा आफुले केही गरि रहेको देखाउनका लागि बजेट दुरूपयोग गरेको गुनासो स्थानियको रहेको छ । सडक जति अग्लो गरे पनि उचित जलनिकास भएन भने जहिले पनि सडकमा हिलो हुन्छ, यो समान्य ब्यतिmले बुझ्ने कुरा हो । तर गाउपालिकाका कस्ता प्राविधिक छन ? जो पिच माथि माटो हाल्छन् । सडक नै विग्रिएको भए सडक डिभिजनसंग पहल गरेर निर्माण गराउनु पर्ने हो । तर गाउँपालिकाकै बजेट किन दुरूपयोग गर्न लागेका होलान । गाउपालिकाको यो विकास शैली प्रति स्थानिय नै आश्चर्य चकित छन् ।

सडक खाल्टो भयो भनेर गाउपालिकाले प्रतापपुर गाउपालिका ९ मा पर्ने बेलाटारी चोक देखी दक्षिण गंगापुर जाने सडक ढल निर्माण समिति बनायो । मिना देवी बनिया अध्यक्ष रहेको उपभोतmा समिति बनाएर १५ लाख रुपियाँ उपभोतmा समिति मार्फत सडकको सतह भन्दा माथि हुने गरि नाली निर्माण गरेको छ । नाली बनाए पछि सडक स्वतः खाल्टो देखियो ।

त्यस पछि बर्षायाममा माटो हाल्दा हिलो भए पछि अहिले लाखौ रुपिया खर्चेर ग्राभेल हालिएको छ । सडककै अरू भाग पिच सडक अहिले पनि राम्रो अवस्थामा रहेको स्थानिय सायरा खातुनले बताईन् । गाउँपालिकाको खोजी नीति गर्ने पनि कोही नभएका कारण जे मन लागेको छ,त्यही गाउँपालिका पदाधिकारी कर्मचारीले गर्दै आएका छन् । त्यसैको परिणाम अहिले यो जिल्लास्तरीय सडक पहिला विगार्न लगाउने र पछि बनाउने नाममा बजेट खन्याउने कार्य भइरहेको छ ।

गाउँपालिकाकै धेरै गाउँका बासिन्दा हिलाम्य र कच्चि सडकमा हिड्नु पर्ने बाध्यता छ । तर पहुँच हुनेले बजेट पारेर पिच माथि नै काम गरेर बजेट पचाउने खेलमा लागेका छन् । ढल बनाईए पनि त्यसको निकास कहाँ गएर टुगिँने हो ? त्यसको पानीको निकास लगेर कहाँ फाल्ने हो ? त्यसको पनि कुनै योजना बनाईएको छ ।

यता पिच माथि ग्राभेल किन गरिँदै छ ? भनेर प्रतिकृयामा गाउँपालिका अध्यक्ष राज कुमार शर्माले सडकमा पानी जम्मा भएको हुदा माटो राखिएको जनाए । माटो हाले पछि झन हिलो भयो,त्यो भएर अहिले ग्राभेल हालेको हो । यही बर्ष यसलाई गाउँपालिकाकै बजेटले पुनः पिच पनि गर्ने हो, उनले भने, जनताको माग अनुसार गाउँपालिकाले यो काम गरेको हो । सडक डिभिजन अन्तरगतको सडकमा किन बजेट खर्चेको जिज्ञासामा कति दिनसम्म सडक डिभिजनको बजेट कुर्ने हो,त्यो भएर गाउँपालिकाकै बजेट हाल्न लागिएको हो । (साभारःबुटवल टुडे)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here