भलिबल प्रतियोगिताको उपाधि भिठ्ठा

0
257
सुस्ता, ५ असाेज।  ।  नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं ७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजा समितिलेअायोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भिठ्ठाले हात पार्न सफल भएको छ ।  फाइनल खेल पोटहा र भिठ्ठा बिच भएको थियो । पोटहा लाई भिठ्ठाले तिनै सेटमा हराएर विजयी भएको हो ।
भदौ ३१ गते देखि संचालित भलिबल प्रतियोगिता असोज ४ गते समापन भएको हो । विजयी खेलाडीलाई खेल समापन कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद देवकरण कलवार (सन्तु) विशिष्ट अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले पुरस्कार नगद सहित प्रमाणपत्र वितरण गर्नुभएको थियोे ।
लगातार ५ दिन देखि संचालित खेलमा ३२ टिमको सहभागीता थियोे । उक्त भलिबल प्रतियोगितामा प्रथम हुने भिठ्ठालाई नगद दस हजार सहित प्रमाणपत्र दोस्रो हुने पोटहा लाई नगद छ हजार सहित प्रमाणपत्र तथा तेस्रो हुने दबिला लाई नगद ४ हजार सहित प्रमाणपत्र वितरण गरिएको थियोे ।
उक्त समापन कार्यक्रम विश्वकर्मा पुजा समितिका अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि देवकरण कलवार सन्तु, विशिष्ट अतिथि प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्मा, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मुकुल अचार्या, नेपाली काङ्ग्रेस युवा नेता उमेशचन्द्र यादव, वडा अध्यक्ष हरेन्द्र कुमार यादव, गुठी परसौनी चौकी इन्चार्ज धनश्याम रिमाल, गाउपालिका सदस्य बन्धु बरई, नेपाली काङ्ग्रेस गाउ कमिटी सभापति विश्वबन्धु यादव लगायतको सहभागीता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here