प्रहरी जवान आधारभुत तालिमको दिक्षान्त समारोह

0
342

परासी, ५ असाेज । नवलपरासीको सुनवल ११ जर्गाह स्थित प्रहरी युक्ति तालिम महाविद्यालयको आयोजनामा प्रहरी जवान आधारभुत तालिम पहिलो समुहको दिक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । समारोह प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगंज काठमाण्डौंका प्राधानाआचर्य प्रहरी नायव महनिरिक्षक राम प्रसाद श्रेष्ठको प्रमुख अतित्थ्यता सम्पन्न भएको हो ।

सो समारोहमा विद्यालयका २०७४ मंसिर २७ गतेबाट २०७५ असोज ५ गते सम्म आधारभुत तालिममा सहभागि पहिलो समुहका १ सय ८९ जना प्रहरी जवानहरुलाई दिक्षीत गरिएको थियो । दिक्षीत प्रहरी जवानलाई प्रमुख अतिथि श्रेष्ठले सदैव जनता र देशको हितको् निम्ती आफुले सिकेका कलाकौसल उपयोग गर्दै जनसेवी भएर आफ्नो भुमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

सोही कार्यक्रममा तालिम अवधिमा विभिन्न विधाहरुमा उत्कृष्ट जवानहरुलाई र उत्कृष्ट प्रशिक्षकहरुलाई पुरस्कार साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

समारोहमा विद्यालयका तालिम संयोजक प्रहरी नायव उपरिक्षक सुर्यकुमार श्रेष्ठ विद्यालयका निमित प्राचार्य प्रहरी नायव निरिक्षक केदार खनाल लगाएतले तालिम र विद्यालयको बारेमा मनत्व्य राखनु भएको समारोहमा स्थानीय जनप्रतिनिधि, संचारकर्मी,प्रहरी जवानका अभिभावक,विद्यालयका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन विद्यालयका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here