संजय कुश्वाहा–
परासी, ५ असोज । मुस्लिम समुदायको तेस्रो महान पर्व मोहर्रम, नवलपरासीको विभिन्न स्थानमा ठुलो–ठुलो ताजिया बनाई मेला लगाइएको छ । बर्षेनी अरबी क्लेन्डरको पहिलो महिला मोहर्रमको १० वीं तारिखका दिन ईस्लाम धर्मका संरक्षक हजरते ईमाम हुसैनको सम्झनामा ताजिया बनाई मेला लगाईने गरिन्छ । विगतका वर्षजस्तै यसवर्ष जिल्लाको महेसपुर र भुजहवामा विशाल तजिया बनाई मेला लगाइएको हो ।
जिल्लाको सरावल गाउँपालिका ७ भुजहवाँमा बनाइएको ठुलो ताजिया ५० फिट उचाइ र २५ फिट चौडाइमा रहेको छ । भारतको देवा शरिफ मजारको नक्शमामा बनाइएको उक्त ताजिया बाँसै बाँसले निर्माण गरि विभिन्न रङ्गिन चङ्गिन कागजको डिजाईन गरि बेरिएको ताजिया मिस्त्री मोहम्मद हुसैनले बताए ।
विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरि निर्माण गरिएको उक्त १८ खण्डको ताजिया एक बर्ष लगाएर बनाइएको छ ।
ईस्लाम धर्मका संरक्षक हजरते ईमाम हुसैनको यादलाई ताजा बनाउने उनको सम्झनामा बनाईने यो ताजिया मेला शुक्रबार शुरु भई सोमबार गरि ३ दिन चल्ने छ ।
हिन्दु मुस्लिमको आस्था बन्ने यस ताजिया मेलामा नेपाल भारतबाट हजारांैको संख्यामा दर्शकहरु मेला अवलोकन गर्ने आएको बताइएको छ । असोज ७ गते सोमबारसम्म चल्ने उक्त ताजिया मेलामा थकडी, ठाकतास, लाठी–भाला, र भेडा लडाउने जस्ता प्रतियोगिता हुने गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई ५ हजार तृतीय हुनेलाई टिमलाई ३ हजार पुरस्कार प्रदान गरिने ताजिय मेला ब्यवस्थापन समितिका अध्यक्ष बिसुनिले बताए ।
त्यस्तै महेसपुरमा पनि ५० फिट अग्लो ताजिया बनाई मेला लगाइएको छ । ताजियाको पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले उद्दघाटन गरेका थिए ।
ईतिहास
ईस्लाम धर्मको हिजरी क्लेन्डर अनुसार पहिलो महिना मोहरर्मुल हरामको १० तारिखका दिन ईस्लाम धर्मको संरक्षक हजरत ईमाम हुसैन रदीअल्लाहो तआला आफ्नो घरपरिवार सहित ७२ जना लिएर तत्कालिन यजिद संग लडाई गर्न ईराक देशको बगदाद स्थित करबला पुगेका थिए । ईस्ला धर्मलाई बचाउन ७२ जना सहित करबला पुगेका ईमाम हुसैन लडदा लडदै शहादत पराप्त गरेका थिए ।
विर शहिद हजरत ईमाम हुसैनको सम्झनामा बनईने उक्त ताजियालाई दर्शन गरि उनलाई सम्झिने ईस्लाम धर्मको मुल्य मान्यता छ । यस १० दिन मुस्लिम बर्गले बर्त बस्ने, दान पुन गर्ने, फातिहा खानी गर्ने, नमाज र कुरान पढने जस्ता पवित्र कार्यहरु गर्ने गरेको मुस्लिम धर्मावलम्बीहरु बताउछन् ।