परासी, ४ असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी सनईबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका ६ पडरीबाट ति ३ जना युवालाई लागु औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका १६ बस्ने २२ बर्षिय अभिनास भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँ बस्ने १८ बर्षिय जमाल देवान र २६ बर्षिय सहरत अली रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट फेनेरागन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल, टेलजेसिक ४७ एम्पुल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ति तिनै जनामाथि लागु औषध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।