संविधान दिवसलाई कालो दिवस मनाउदा सिके राउतका २० जना कार्यकर्ता गिरफतार

0
648


परासी, ३ असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई गिरफतार गरेको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाँधी स्वतन्त्र मधेशको नारा लगाउदै विरोध ज्लुस पछि कोणसभा गर्दैगर्दा प्रहरीले २० जना कार्यकर्तालाई गिरफतार गरेको हो ।

आज असोज ३ गते नेपालको संविधान दिवसको दिनलाई मधेशको लागि कालो दिन भन्दै संविधानको दिवसको विरोध प्रदर्श गरेकाले प्रहरीले ति कार्यकर्ताहरुलाई गिरफतार गरेको जनाएको छ ।

स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादवको नेतृत्वमा संविधान विरोध कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा भागलिन गाउँ–गाउँबाट स्वराजीहरु पक्षधर जनताहरुको सहभागिता रहेको थियो ।

विरोध ज्लुसपछि बेलासपुर चोकमा शान्तिपुर्ण रुपमा कोणसभा गर्दै गर्दा प्रहरीले महिला सहित २० जना अगुवा कार्यकर्तालाई गिरफतार गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले अगुवा कार्यकर्ताहरुलाई गिरफतार गर्दै गर्दा अरु साधारण कार्यकर्ताहरु पनि गिरफतारीका लागि प्रहरीलाई थप गाडी मगाईन दिन आग्रह गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here