धमाधम छुट्दै ३३ किलो सुन तस्करीका आरोपी

0
533

मोरङ, ३ असाेज । सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा कारागारमा रहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरले मंगलबार खनाललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । राजधानी दैनिकमा खबर छापिएको छ ।

खनालले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै तारेखमा छोड्न माग राख्दै ७ असारमा निवेदन दिएका थिए ।
खनाल पक्राउ पर्नुअघि मकवानपुर प्रहरी प्रमुख थिए । ७ माघमा यूएईबाट आएको साढे ३३ किलो सुनका मालिक गोरे भनिने चूडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरू पक्राउ परेका थिए ।

यस अघि निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसीलाई समेत उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सुनकाण्डमा पछिल्लो समय उच्च अदालतमा चढेको पेसीको सुनवाइ हुँदै प्रहरी अधिकारीहरू एकपछि अर्को गर्दै साधारण तारेखमा छुट्दै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here